हिन्दी भर्सनमा मात्र ‘पुष्पा’ले कमायो सय करोड

मुम्बई - ‘पुष्पा’को हिन्दी भर्सनले सय करोड कमाएको छ । सातौं हप्तामा ‘पुष्पा’ले कुल कमाइमा २ करोड थप्दै फिल्मले दुर्लभ कीर्तिमान कायम गरेको हो ।
पहिलो हप्ता ३ करोड ३३ लाख कमाइ गर्दै आफ्नो यात्रा सुरु गरेको ‘पुष्पा’ले योसँगै ‘बाहुबली’को रेकर्ड पछ्याएको हो ।
‘पुष्पा’ झैँ ‘बाहुबली’ पनि तेलगु भाषामा बनेर हिन्दीमा डब गरी प्रदर्शनमा आएको थियो । यो फिल्मले हिन्दी भर्सनमा मात्र १ अर्ब १७ करोड कमाइ गरेको थियो ।
महामारीका कारण भारतमा अधिकांश राज्यमा हल बन्द हुँदा पनि यो फिल्मले गरेको कमाइ आश्चर्यजनक मानिएको छ ।
यो फिल्मलाई ओटिटी रिलिजले पनि असर गरेको थिएन । ओटिटीमा सार्वजनिक भए पनि हलमा यो फिल्म हेर्ने दर्शकमा कुनै कमी थिएन । दुई भागमा आउने यो फिल्मको पहिलो भागका गीत र संवाद भाइरल भएका छन् । देश विदेशका सेलिब्रेटीले यो फिल्मको संवाद र गीत नक्कल गर्ने गरेका छन् । फिल्ममा अल्लु अर्जुन र रश्मिका मन्दानाको मुख्य भूमिका रहेको छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया