प्रहरीमा जागिर लगाई दिने भनी ठगी आरोपमा एक युवक पक्राउ

जनकपुरधाम– सर्लाहीबाट प्रहरीले एक युवकलाई प्रहरीमा जागिर लगाई दिन्छु भनी लाखौ रुपैया ठगी गरेको आरोपमा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीकाअनुसार पक्राउ पर्नेमा बलरा नगरपालिका वडा नं. ७ गडहिया टोलका एमडि राजा भनिने ईजराईल मंसुरी रहेका छन् ।
उनले एक व्यक्तिलाई प्रहरी विभागमा नोकरी लगाई दिन्छु भनी ८ लाख रुपैयाँ ठगी गरेको गरेको प्रहरीले जनाएको छ। सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले मंसुरीलाई पक्राउ गरी ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी मुद्दामा सर्लाही जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान अघि बढाइएको जानकारी दिए।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया