अक्षयकुमारको ‘गोरखा’ले माग्यो नेपाली कलाकार

काठमाडौँ - बलिउड फिल्म ‘गोरखा’ले अडिसन आह्वान गरेको छ । बलिउड अभिनेता अक्षयकुमारले निर्माण गर्ने फिल्मका लागि निर्माण टिमले नेपालबाट पुरुष र महिला अभिनेता छान्न लागेको हो ।
अक्षयकुमार र ‘अतरंगी रे’ निर्देशक तथा लेखक आनन्द एल राय र हिमांशु शर्माले निर्माण गर्न लागेको फिल्मले २५ जना पुरुष र एक जना महिला अडिसनबाट लिन लागेको हो ।
ईच्छुक कलाकारले फ्रेब्रुअरी ५ सम्ममा आफ्नो परिचय दिने भिडियो पठाउनु पर्ने सूचनामा उल्लेख छ । यस्तो भिडियो एचडी क्वालिटीको हुनुपर्ने र अडिसनमा २० देखि ३० वर्ष भित्रका महिला र पुरुषले आवदेन दिन सक्ने जनाइएको छ ।
अक्षयकुमारले शीर्ष भूमिका निर्वाह गर्ने यो फिल्म भारतीय आर्मी अन्तर्गत काम गर्ने गोरखा रेजिमेन्टका वार हिरो इयान कार्डोजोको जीवन कथामा आधारित रहनेछ । मेजर जनरल इयान कार्डोजो युद्धका क्रममा अपाङ्ग भएर पनि बटालियनको नेतृत्व गर्ने पहिलो भारतीय सैनिक थिए । अक्षयकुमारले नै यिनै इयानको जीवनलाई पर्दामा उतार्नेछन् ।फिल्मलाई सञ्जय पुरनसिंह चौहानले निर्देशन गर्नेछन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया