अवैध रुपमा ओसारपसार गरिएको सालको काठ बरामद

कैलाली– ईलाका प्रहरी कार्यालय सुगरखाल कैलालीले अवैध रुपमा ओसारपसार गरिरहेको अवस्थामा सालको काठ बरामद गरेको छ । कैलाली मोहन्याल गाउँपालिका बडिगाउँस्थित सोल्टा चिसापानी सडक खण्डमा कसेनीबाट चिसापानी तर्फ आउँदै गरेको ट्याक्टरबाट काठ बरामद गरिएको हो ।
प्रहरीले भे १ त ६४७९ नम्बरको ट्याक्टरलाई जाँच गर्ने क्रममा सालको ७ फिटे कडी ४५ थान काठ बरामद भएको जनाएको छ । प्रहरीकाअनुसार २६.२५ क्यु.फिट बरामद गरिएको हो । काठसँगै ट्याक्टर चालक चक्रहादुर थापा पक्राउ परेका छन् ।
ट्याक्टर र ट्याक्टर चालकलाई आवश्यक कारवाहीको लागि सब डिभिजन बन कार्यालय चिसापानी कैलाली पठाईएको प्रहरीले जनाएको छ।

युट्युबबाट सीप सिकेर उद्यम
६ महिनापछि घर फर्किए टिंकरवासी : पञ्चायतकालमा नेपाली बाटो, अहिले भारतको भर

थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

महायज्ञबाट चार करोड ७४ लाख संकलन
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

प्रतिक्रिया