मैनबत्ती बालेर मनाइयो सहिद सप्ताह [फोटोफिचर]
काठमाडौँ : प्रजातन्त्रका लागि ज्यानको आहुति दिने सहिदको सम्झनामा मैनबत्ती बालेर सहिद सप्ताह सम्पन्न भएको छ । काठमाडौँको सहिदगेटमा आइतबार बेलूकी मैनबत्ती बालेर प्रजातन्त्रका लागि बलिदान दिने सहिदप्रति श्रद्धाञ्जली दिएर सहिद सप्ताह सम्पन्न गरिएको हो ।
विभिन्न संघ सस्था, युवा, विद्यार्थी लगायतले आइतबार विभिन्न कार्यक्रम गरि सहिद सप्ताह मनाएका छन् । १९९७ सालमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथचन्द ठाकुर र गंगालाल श्रेष्ठलाई तत्कालीन राणा शासकले गोली हानेर हत्या गरेका थिए ।
उनीहरुले स्वतन्त्रता र प्रजातन्त्रका लागि ज्यानको आहुति दिएपछि प्रजातन्त्र स्थापनामा आन्दोलन सुरु भएको थियो । सोही दिन र योगदानको अवसरमा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया