दोषीलाई कारबाही गर्न माग गर्दै सिभिल अस्पतालमा पत्रकारको धर्ना
काठमाडौँ : उपचारमा लापरबाही भएर पत्रकार एलबी विश्वकर्माको मृत्यु भएको घटनाको न्यायिक छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै सिभिल अस्पतालमा प्रदर्शन भएको छ । श्रमजीवी पत्रकार सङ्घ नेपालले परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, परिवारलाई रोजगारी दिनुपर्ने र मृतकका छोराछोरीको पठनपाठनको व्यवस्था गर्नुपर्ने माग गर्दै आइतबार नयाँवानेश्वरस्थित सिभिल अस्पतालमा एक घण्टा धर्ना दिएको हो ।
टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको स्वास्थ्यमा अचानक समस्या देखिएपछि यही माघ ५ गते बुधबार राति ललितपुरस्थित पाटन अस्पताल पु¥याइएपछि उपचारकै क्रममा ६ गते बिहीबार बिहान ३ बजे निधन भएको थियो ।
सङ्घले सिभिल अस्पतालले आफू खुसी छानबिन समिति गठन गरेको भन्दै तत्काल खारेज गरी नेपाल मेडिकल काउन्सिलको नेतृत्वमा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने र पत्रकारलाई सिभिल अस्पतालसहित देशभरका अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने मागसमेत गरेको अध्यक्ष जन्मदेव जैसीले बताए ।
श्रमजीवी–पत्रकार सङ्घ, नेपालको आग्रहपछि टिभी टुडे टेलिभिजन व्यवस्थापनले स्व विश्वकर्माको किरिया खर्चबापत तत्काल रु २१ हजार उपलब्ध गराएको थियो । बाँकी बच्चाको पढाइ खर्च स्व पत्रकारको जीवनसँगिनीको खातामा जम्मा गरिदिने प्रतिबद्धता व्यक्त गरिएको छ ।
सङ्घले पत्रकार विश्वकर्माको उपचारमा लापरबाही गरेको भन्दै आन्दोलन गर्दै आएको छ । उपचारका लागि सिभिल अस्पताल पु¥याइएका पत्रकार विश्वकर्मालाई कोरोना टेस्ट विना उपचार नहुने भनेर लापरबाही गर्दा उनको मृत्यु भएको सङ्घको भनाइ छ ।
२६ वर्षीय स्व विश्वकर्माका श्रीमती र तीन वर्षीय एक छोरा छन् । अछामको रामारोशन निवासी विश्वकर्मा पछिल्लो समय काठमाडौँमा रही पत्रकारितामा सक्रिय हुन् । उनी टीभी टुडेभन्दा अगाडि इमेज टेलिभिजन, जनता टेलिभिजनमा कार्यरत थिए ।
सिभिल अस्पतालको छानबिनमै आशंका

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

प्रतिक्रिया