कार र बससँग मोटरसाइकल ठोक्किदा युवाको मृत्यु

काठमाडौँ : काठमाडौँ महानगरपालिका–६ बौद्धमा बस र कारमा मोटरसाइकल ठक्कर खाँदा एक व्यक्तिको मृत्यु भएको छ । सडकमा प्र–३–०१–०२२ च ५१९५ नंको कार र बा३ख ४८१० नंको बसमा बा ३४ प ५६५७ नंको मोटरसाइकल ठक्कर खाई भएको दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी २५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनको पहिचान खुलेको छैन ।
दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कार र बसका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

प्रतिक्रिया