कोरोनाको जोखिम बढेसँगै मालपोत कार्यालय लमजुङबाट आलोपालो सेवा

लमजुङ – कोरोना संक्रमणको जोखिम बढेसँगै मालपोत कार्यालय लमजुङले सेवा प्रवाह आलोपालो गर्न थालेको छ । कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकाले आलोपालो प्रणालीमा सेवा प्रदान गरिएको कार्यालयले जनाएको छ । मालपोत कार्यालय लमजुङले सूचना जारी गरी माघ १२ गते बुधबारदेखि लागु हुनेगरि आलोपालो सेवा प्रदान गरेको जानकारी गराएको छ ।
अन्य कार्यालयको तुलनामा मालपोत कार्यालयमा सेवाग्राहीको भिडभाड बढी हुने भएकाले भिड नियन्त्रणका लागि आलोपालो सेवा प्रवाह गरिएको कार्यालयका प्रमुख ईश्वरकमल श्रेष्ठले बताए । पछिल्लो समय दिनप्रतिदिन जिल्लामा बढ्दो रुपमा रहेको कोरोना संक्रमणका कारण कार्यालयमा कार्यरत कर्मचारी पनि संक्रमित भएको र सेवा लिन आउने सेवाग्राहीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखा परेकाले अर्को सूचना जारी नभएसम्मका लागी आलोपालो प्रणालीबाट सेवा प्रवाह गरिने उनले बताए।
कार्यालय प्रमुख श्रेष्ठका अनुसार आइतबार दूधपोखरी र मर्स्याङदी गाउँपालिकाका सेवाग्राहीलाई सेवा प्रदान गरिएको छ । सोमबार क्व्होलासोँथार गाउँपालिका र दोर्दी गाउँपालिकालाई सेवा प्रदान गरिनेछ । मंगलबार मध्यनेपाल नगरपालिका, बुधबार सुन्दरबजार नगरपालिका, बिहीबार राइनास नगरपालिका र शुक्रबार बेंसीशहर नगरपालिकाका सेवाग्राहीलाई सेवा प्रदान गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताए ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

प्रतिक्रिया