अवैध मुद्रासहित विमानस्थलबाट पाकिस्तानी पक्राउ

काठमाडौँ : प्रहरीले अवैध रुपमा विदेश लैजान लागेका विभिन्न देशका मुद्रासहित पाकिस्तानी नागरिक हाफिज एटिक अर रहमानलाई पक्राउ गरेको छ ।
फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान विन्दुमा झोला परीक्षण गर्ने क्रममा पक्राउ गरिएको हो । उनको झोलाबाट साउदी रियाल ४७ हजार १५०, युएई दिराम ४००, ओमानी रियाल ५ दशमलव ५ लगायतका मुद्रा बरामद गरिएको थियो ।
अभियुक्तलाई आज थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ । रासस

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया