मोटरसाइकल चोरी आरोपमा एक पक्राउ
पर्सा–मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । चितवनस्थित कालिकामाई नगरपालिका वडा नं.१ का रोशन डुम्जनलाई प्रहरीले पक्राउ गरेको हो ।
ना.५३ प ४२८५ नम्बरको हरियो २०० सीसी को पल्सर मोटरसाइकल लक टुटाएर लिएर डुम्जन भाग्दै गरेका थिए । वीरगञ्ज महानगरपालिका वडा नं.१२का कृष्णाकुमार साहको नाममा दर्ता रहेको प्रहरीले जनाएको छ।
पीडितको सहयोगमा डुम्जनलाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन ५ म्याद लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी एवं सूचना अधिकारी ओमप्रकाश खनालले जानकारी दिए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया