रेडमी नोट ११ नेपाली बजारमा, कति पर्छ मूल्य?

काठमाडौँ - शाओमीले उत्कृष्ट फिचर र स्पेक्ससहित ‘रेड्मी नोट ११’ फोन नेपाली बजारमा सार्वजनिक भएको छ। यसमा क्यामरा, सिस्टम, चार्जिङ स्पिड, डिस्प्ले र एसओसीमा शक्तिशाली अपग्रेड गरिएको कम्पनीले जनाएको छ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘रेडमीमा हामी हाम्रा हरेक काम उपभोक्ताहरुलाई नै ध्यानमा राखेर गरिरहेका हुन्छौं। जसले गर्दा प्रविधिलाई आमजनतासामू सर्वसुलभ रुपमा पुर्याउने काम गर्न हामीलाई अग्रसर बनाएको छ।’
रेडमी नोट ११ ले एकदमै सुपथ मूल्यमा नवीनता प्रदान गर्ने आफूहरुको मूल दर्शनलाई दर्शाएको उनले बताए। ‘यसले स्मार्ट फोन इन्डस्ट्रीमा हामीलाई ट्रु गेम चेन्जर बनाएको छ। यो विरासतलाई कायम गर्दै हामी रेडमी नोट ११ लाई प्रस्तुत गर्दै छौं, जसले उत्कृष्ट क्यामराको साथ अझै उत्कृष्ट प्रदर्शनी पनि दिन्छ,’ उनले भने।
विशेषता
नोट ११ मा फ्ल्यागशिप क्यामेराको अनुभव दिन नोट ११ मा ५० मेगापिक्सेल क्यामेरा, ८ मेगापिक्सेल अल्ट्रा–वाइड क्यामेरा, २ मेगापिक्सेल म्याक्रो क्यामेरा र २ मेगापिक्सेलकै डेप्थ क्यामेरा छ ।
११८ डिग्रीको भ्युइङ एङ्गल भएको अल्ट्रा-वाइड क्यामराले राम्रो पोट्रेट फोटो खिच्न सकिने कम्पनीको दाबी छ । उसका अनुसार २ मेगापिक्सेलको म्याक्रो क्यामराले नजिका वस्त राम्रो डिटेल सहित खिच्न सक्छ । साथै फोनको अगाडिपट्टि रहेको १३ मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।
१२० हर्जसम्मको रिफ्रेस रेट र ३६० हर्जसम्मको टच स्याम्प्लिङ रेटसहितको फोनले स्मुथ एनिमेसन र ल्याग फ्री ट्रान्जिसनका साथ प्रयोगकर्ताको स्क्रिन अनुभवलाई राम्रो बनाउनसक्छ ।
यसको फिङ्गर टच अझ प्रेसाइज रहेको कम्प्नीको दाबी छ । रेड मि नोट ११ को ६.६७ इन्च र ६.४३ इन्चको स्क्रिनमा फुल एचडी प्लस एमोलेड डट डिस्प्लेले डीसीआई पीथ्री वाइड कलर गामट फिचर गरिएको छ, जसले थप जीवन्त रङ र विवरणहरू प्रदान गर्ने कम्पनीले जनाएको छ ।
यो फोनमा फ्ल्याट एज बडी डिजाइन छ । फोनको माथि र तल्लो भागमा डुअल सुपर लिनियर स्पिकर दिइएको छ, जसकारण भिडियो हेर्दा अथवा गेम खेल्दा इमर्सिभ स्टेरियो साउन्डको साथमा पूर्ण मनोरन्जन लिन सकिने कम्पनीको भनाइ छ ।
मूल्य
एन्ड्रोइड १२ मा आधारित मियूआई १३ मा चल्ने फोनमा क्वालकमको स्न्यापड्रागन ६८० प्रोसेसर छ । फोनमा ३३ वाटको फास्ट चार्जिङसहित ५ हजार एमएएचको ब्याट्री छ । मूल्यको कुरा गर्दा ४ जीबी र्याम र ६४ जीबी स्टोरेज भेरियन्टको २२ हजार ९सय ९९ रूपैयाँ, ४ जीबी र्याम १२८ जीबी स्टोरेज भेरियन्टको २४ हजार ९ सय ९९ रूपैयाँ र ६ जीबी र्याम १२८ जीबी स्टोरेज भेरियन्टको २६ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ ।

पर्यटकलाई फरक स्वाद दिलाउन लागि परेको बगैँचा रिसोर्ट, प्रकृतिमै रम्ने प्रकृतिम…

आजदेखि घट्यो डिजेल र पेट्रोलको मूल्य

दुई वटा व्यापारिक फर्ममाथि जरिवाना

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो

शशीला मोटर्सद्वारा बुटवलमा नेपालको सबैभन्दा ठूलो इभी चार्जिङ स्टेशन सञ्चालनमा

राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न

प्रतिक्रिया