प्राइम लाइफ इन्स्योरेन्स कम्पनीलाई जरिवाना

काठमाडौं– प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १० हजार जरिवाना तिर्नुपर्ने भएको छ। कम्पनीले विभिन्न नियम उल्लंघन गरेकाले बीमा समितिले जरिवाना गराउने निर्णय गरेको हो ।
समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका २०७५ तथा वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन, २०७३ विपरित कार्य गरेका कारण प्राइम लाइफलाई जरिवाना गरिएको बीमा समितिले जनाएको छ ।
समितिबाट प्राइम लाइफ इन्स्योरेन्सको स्थलगत निरीक्षण हुँदा सो कम्पनीले सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा १२ उल्लङ्घन गरी तलब भत्ता निर्धारण नै नगरी कर्मचारीका नाममा ठूलो रकम खर्च गरेको, बीमितको हित विपरित नक्कली बीमालेख जारी हुन गएको र वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन, २०७३ बमोजिम सुरक्षित, मर्यादित र व्यवस्थितरूपले वैदेशिक रोजगार बीमा नगरेको देखिएको थियो । बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम प्राइम लाइफलाई जरिवाना गर्ने निर्णय गरिएको हो।

बीमा प्राधिकरणको सञ्चालक समिति सदस्य पोखरेलले लिइन् शपथ

नेपाल लाइफ इन्स्योरेन्सका निर्वाचित ३ संचालकद्वारा पदबहाली

नेपाल लाइफद्वारा 'छुट्ला है छुट' योजना सार्वजनिक

एलआइसी नेपालको सेयर लिलामी भर्ने आज अन्तिम दिन

'जोखिमलाई व्यवस्थापन गर्ने स्मार्ट उपाय'

नेपाल लाइफको एम.डी.आर.टी अचिभर्स अवार्ड,२०२५ समारोह भव्यता पूर्वक सम्पन्न

नेपाल लाइफ क्यापिटलको साधारण सभा : सञ्चालक समितिको अध्यक्षमा लामिछाने

प्रतिक्रिया