सोमबार १२ जेठ, २०८२
Monday, May 26, 2025

बैंकहरूले सेयरधनीकाे स्वपुँजी लगानीमा दिने प्रतिफलमा सुधार

काठमाडौँ– वाणिज्य बैंकहरूको सेयरधनी (संस्थापक) स्वपुँजी लगानी प्रतिफल (रिटर्न अन इक्विटी) मा सुधार देखिएको छ ।  चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूको रिटर्न अन इक्विटी १४.३३ प्रतिशत छ । 

बैंक तथा वित्तीय संस्थाहरूको पुँजी वृद्धिपछि रिटर्न अन इक्विटीमा उल्लेख्य कमी आएको थियो । कोभिड–१९ महामारी लगत्तै अझै खस्किएको संस्थापक सेयरधनीले पाउने प्रतिफल अझै कम भएको थियो । 

‘कुनै पनि उद्यम÷व्यापारभन्दा बैंक चलाएर आउने प्रतिफल निकै कम छ,’ नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे भन्छन् । कोभिड–१९ महामारीमा बैंकहरूको रिटर्न अन इक्विटी १२.६९ प्रतिशतसम्म झर्‍यो । यस आर्थिक वर्षको अर्धवार्षिक अवधिमा भने केही सुधार देखिएको छ । यस आर्थिक वर्षमा दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकहरूको रिटर्न अन इक्विटी १४.३३ प्रतिशत छ । 

सेयरधनीलाई दिने प्रतिफलका आधारमा एनआईसी एसिया बैंक सबैभन्दा अब्बल देखिन्छ । एनआईसी एसिया बैंकको रिटर्न अन इक्विटी २३.१९ प्रतिशत छ । दोस्रो नम्बरमा रहेको ग्लोबल आईएमई बैंकको १६.७३, सिद्धार्थ बैंकको १५.८८ प्रतिशत, माछापुछ्रे बैंकको १५.८१ र प्रभु बैंकको १४.८६ प्रतिशत रहेको छ । 

सिभिल, कृषि विकास, बैंक अफ काठमाण्डू र एभरेष्ट बैंकको रिटर्न अन इक्विटी १० प्रतिशतभन्दा कम छ भने नेपाल बैंकको ७.९३ प्रतिशतले ऋणात्मक रहेको छ । 

बैंकहरूको औसत रिटर्न अन इक्विटी 

आर्थिक वर्ष        रिटर्न अन इक्विटी 
२०७०–७१                      १६.६%
२०७१–७२                      १८.१%
२०७२–७३                      १८.१%
२०७३–७४                      १५.४%
२०७४–७५                      १४.५%
२०७५–७६                      १६.६४%
२०७६–७७                      १२.७१%
२०७७–७८                     १२.६९%
२०७८–७९ (अर्धवार्षिक)   १४.३३%