शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

ग्रिन भिल्ला कोलोनीमा श्रीमान श्रीमती मृत फेला

फाइल तस्बिर

काठमाडौँ : काठमाडौँको टोखामा रहेको ग्रिन भिल्ला कोलोनीमा एक दम्पती मृत फेला परेका छन् । श्रीमती सुदिक्षा गिरी श्रीमान उमेश केसी मृत भेटिएका महानगरीय प्रहरी परिसर टेकुका डिएसपी प्रमेश विष्टले बताए ।

शुक्रबार राति पौने ९ बजे प्रहरीले उनीहरू मृत फेला परेका हुन् । उनीहरू दुवैजना इन्जिनियर थिए । उमेश केही समयअघि मात्रै अमेरिकाबाट फर्किएका थिए ।

 उमेशको शव कोठाभित्र पल्टिरहेको र सुदीक्षा झुन्डिएको अवस्थामा फेला परेको छ । उमेशको कानबाट रगत बगेको र नजिकै सिलौटो पनि भेटिएको प्रहरीले जनाएको छ ।

बाँकी विवरण पोष्टमार्टमपछि खुल्ने डिएसपी विष्टले बताए । पोस्टमार्टमका लागि दुवै शव त्रिवि शिक्षण अस्पताल लगिएको छ ।