मंगलबार ३० बैशाख, २०८२
Tuesday, May 13, 2025

कार्यव्यवस्था परामर्श समितिको बैठक स्थगित

फाइल फोटो

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले आजका लागि बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक स्थगित भएको छ । सापकोटका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले समितिको बैठक स्थगित भएको जानकारी दिएका हुन् । 

आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएसँगै समितिको बैठक पनि स्थगित भएको हो । यसअघि प्रतिपक्षी नेकपा (एमाले)को लगातार अवरोधका कारण प्रतिनिधिसभा बैठक बस्न सकेको थिएन् । 

त्यसैलाई सुल्झाउन सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए । प्रतिनिधि सभाको बैठक स्थगित सँगै समितिको बैठक पनि स्थगित भएको बताइएको छ ।