विवाहका लागि जीवनसाथी पाउनु भएन ? यहाँ खोज्नुहोस्

काठमाडौँ- विवाह गर्ने उमेर पुग्यो तर विवाहका लागि जीवनसाथी पाउनु भएको छैन । प्रेम नपेरका कारण मागी विवाह गर्ने सोच बनाउनु भएको छ तर आफूले चाहे जस्तो जीवनसाथी पाउनु भएको छैन ? यसको लागि आफ्नु आफन्तहरूलाई गुहार्नु भएको छ ? अझै पनि आफूले चाहेको जस्तो जीवनसाथी पाउनु भएन भने यहाँ तपाईंको लागि केही त्यस्ता विकल्पहरू रहेका छन् जसमा तपाईंले चाहेका जीवनसाथी भेट्न सक्नुहुनेछ ।
आफूले चाहे जस्तो जीवनसाथी खोजिदिने भनेर विभिन्न म्यारिज व्युरोहरू समेत खुलेका छन् । म्यारिज व्यरोहरूले समेत तपाईंले चाहेको जस्तो जीवनसाथी खोजेका छैनन् भने यहाँ डिजिटल माध्यमबाट जीवनसाथी खोज्न सकिने केही साइटहरूको बारेमा चर्चा गरेका छौँ। यस्ता साइटले तपाईंलाई केही हदसम्म आफूले चाहेको जस्तै जीवनसाथी खोज्न सहयोग गर्नेछ ।
नेपाली मेट्रोमोनी
नेपाली मेट्रोमोनी साइट नेपालीहरूलाई लक्षित गरेर खोलिएको साइट हो । यो साइट नेपालसहित अन्य देशमा समेत देशअनुसारको डोमेन भएको साइट हो । ग्लोबल मेट्रोमोनीको नेपाली साइटको रूपमा रहेको छ । तपाईंलाई नेपाली जीवनसाथी चाहिएको छ भने यो साइट उत्कृष्ट गन्तव्य हुनसक्छ । विशेषगरि नेपाली र भारतीय नेपालीहरू जीवनसाथी खोज्न यसमा जोइन हुने गरेका छन् ।
नेपाली मेट्रोमोनीमा पैसा तिरेर र सित्तैमा गरेर दुई प्रकारको सदस्यता सुविधा रहेको छ । पैसा तिर्नेलाई विशेष रूपमा देखाउने र चाहेका व्यक्तीको टेलिफोन इमेल हेर्न मिल्छ । निशुल्क सदस्यदलाई भने सिमित सुविधा रहेको छ । नेपाली मेट्रोमोनी साइट प्रयोग गरेर तपाईं आफ्नो जीवनसाथी खोज्न चाहानुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
म्यारिज स्टेसन
जीवनसाथी खोज्नको लागि अर्को अनलाइन साइट भनेको म्यारिज स्टेसन रहेको छ । यो पनि नेपाली मेट्रोमोनी साइट हो । यसमा आफूअनुकुल जीवनसाथी खोजीका लागि निशुल्क तथा शुल्क तिरेर सदस्यता लिन मिल्ने सुविधा रहेको छ । यसमा प्रिमियम सदस्यता लिन चाहनेका लागि ५ हजार र १० हजारका दुई प्रकारका सदस्यता सुविधा रहेको छ । यस साइटमार्फत आफूलाई सुहाउँदो जीवनसाथी खोज्न चाहानुहन्छ भने यहाँ क्लिक गरेर रजिष्टर गर्न सक्नुहुनेछ ।
बिहेवारी
जीवनसाथी खोजिदिने अर्को सञ्चालनमा आएको साइट हो बिहेवारी । बिहेवारी डटकमले पनि नेपाली मेट्रोमोनी तथा म्यारिज स्टेसन जस्तै जीवनसाथी मिलाइदिने काम गर्छ । यसमा प्रयोगकर्ताले अनलाइनमार्फत रजिस्टर गरेर निश्चित शुल्क तिर्नुपर्ने हुन्छ । यसमा बेसिक, एडभान्स र भीआइपी सदस्यता लिन सक्नेछन् । यसमार्फत तपाईं जीवनसाथी खोज्न चाहानुहुन्छ भने यहाँ क्लिक गरेर जोइन हुन सक्नुहुन्छ ।

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

वैदेशिक रोजगारीमा सिन्डिकेट अन्त्य भएको छ: महानिर्देशक

पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

प्रतिक्रिया