मंगलबार ३० बैशाख, २०८२
Tuesday, May 13, 2025

माघ २६ गते सर्‍याे प्रतिनिधि सभाको बैठक

फाइल फोटो

काठमाडौँ : कोभिड १९ संक्रमणलाई कारण देखाउँदै प्रतिनिधिसभाको बैठक माघ २६ गते सरेको छ । शनिबार संघीय संसद सचिवालयले विज्ञप्ति निकालेर आइतबार माघ १६ गते दिउँसो १ बजे बाेलाइएकाे बैठक अब माघ २६ गते बस्ने जनाएको हाे ।

यसअघि आइतबारकाे बैठकका लागी कार्यसूची सार्वजनिक गर्दै कार्य व्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको थियो । तर शनिबार बेलूकी संघीय संसद सचिवालयले कोभिड १९ संक्रमणका कारण आइतबारको बैठक बस्न नसक्ने भन्दै माघ २६ गतेसम्मका लागि सारिएकाे जनाएको हो ।