प्रदेश नं १ मा ३९७ जना सङ्क्रमित थपिए

विराटनगर – प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ३९७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ३९४ जनाको पिसीआर परीक्षण गर्दा १४५ र ७८९ जनाको एन्टिजेन परीक्षण गर्दा २५२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
पीसीआर परीक्षणका आधारमा मोरङमा ८३, सुनसरीमा ४२, धनकुटा र झापामा पाँच–पाँच, उदयपुर, सङ्खुवासभा र पाँचथरमा एक–एक र प्रदेश बाहिरका सात जनामा सङ्क्रमण देखिएको हो ।
मोरङको विराटनगरमा ६५, बुढीगङ्गामा पाँच, सुन्दरहरैचामा तीन, ग्रामथानमा दुई, पथरीशनिश्चरे, रङ्गेली, उर्लाबारी, रतुवामाई, बेलबारी, मिक्लाजुङ, कटहरी र स्थानीय तह नखुलेका एक–एक, सुनसरीको धरानमा २५, इटहरीमा १२, इनरुवामा तीन, दुहवी र बराहक्षेत्रमा एक–एक, धनकुटाको धनकुटा नगरपालिकामा पाँच, झापाको कमल गाउँपालिकामा एक र स्थानीय तह नखुलेका चार, सङ्खुवासभा, पाँचथर र उदयपुरको बेलकामा एक र प्रदेश बाहिरका सात जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेशमा आज ४०२ महिलासहित ९०२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई महिलाको मृत्यु भएको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ६५७ रहेको जनाएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया