लिसङ्खुपाखरका ६६ किसानलाई हाते ट्र्याक्टर

सिन्धुपाल्चोक - लिसङ्खुपाखर गाउँपालिकाले किसानलाई ६६ वटा हाते ट्र्याक्टर वितरण गरेको छ । गाउँपालिका कृषि शाखाले र गाउँपालिकाका अध्यक्ष कमल नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी उक्त हातेट्र्याक्टर वितरण गरेको हो ।
४३ वटा नौ एचपी र २३ वटा ७.५ एचपीको गरी ६६ वटा ट्र्याक्टर वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए । नौ एचपीको ४४७०० र ७.५ को ३९००० को दरमा ठेक्कामार्फत खरिद गरिएको दुलाल बताउँछन्। ट्र्याक्टरमा पालिका अनुदान ७० प्रतिशत र समूह, सहकारी तथा व्यक्तिगतरूपमा किसानलाई ३० प्रतिशत सहभागिता गराइएको थियो । किसानको मागका आधारमा हाते ट्र्याक्टर वितरण गरिएको गाउँपालिका अध्यक्ष नेपालले जानकारी दिए।
यसैगरी गाउँपालिकाले फलफूलको बिरुवा माटो परीक्षण गरेर वितरण गर्दै आइरहेको थियो छ । किसानहरूलाई विविध खाले कृषि अनुदानसमेत प्रदान गर्दै आएको छ। स्थानीय सरकार आएपछि किसानलाई राहत मिलेको कृषक भक्तलाल श्रेष्ठ बताउँछन् । उनले अब खेती गर्न सहज हुने विश्वास व्यक्त गरे ।

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

बाँदरको दुःखले दिएपछि व्यावसायिक बेसारखेती

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

प्रतिक्रिया