नेविसंघ र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायबीच सहमति
काठमाडौं– विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने सहमति कार्यान्वयन नगरेको भन्दै आन्दोलतरत नेपाल बिद्यार्थी संघ र किर्तिपुरस्थीत त्रिभुवन विश्वबिद्यालय व्यवस्थापन संकायबीच पाँच बुदे सहमति भएको छ ।
सहमतिपछि नेविसंघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ भने व्यवस्थापन संकायको डीन कार्यालयमा लगाइएको ताला खोलिएको छ। व्यवस्थापन संकायका कुल बिद्यार्थी संख्याको १० प्रतिशत बिद्यार्थीलाई शत प्रतिशत छात्रवृति प्रदान गर्न यसअघि भएको सहमति कार्यान्वयन नभएको भन्दै नेविसंघले यसअघि तालाबन्दी गरेका थिए।
त्रिभुवन विश्वबिद्यालय व्यवस्थापन संकायबीच भएको सहमतिमा छात्रबृति प्रदा गर्ने, व्यवस्थापन संकायका आंगिक क्याम्पसहरुले लिने शुल्कमा एकरुपता ल्याउने, सिम्याटको रिजल्ट अगावै भर्ना लिने क्याम्पसहरुलाई कारवाही गर्ने लगायतका रहेको नेविसंघका नेता दिपक ओझाले जानकारी दिए।
संघ र त्रिबिबीच २०७६ साल साउन २४ गते भएको सहमतिलाई समेत अघि बढाउनका लागि प्रतिवद्धता जनाएको बिद्यार्थीहरुले जनाएको छ ।

सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्समा नवप्रवर्द्धन एवं आईटी मेला

काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने

एम्बार्क अनम्याथको “उद्यमी गणित“ कार्यक्रमः शैक्षिक गणितलाई व्यवहारिक प्रयोगमा रू…

किङ्स कलेजले साउन १०–११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट विश्व निकेतन सम्मानित

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

प्रतिक्रिया