शनिबार २८ असार, २०८२
Saturday, July 12, 2025

‘स्थानीय तहको चुनावको मितिबारे गठबन्धनले छिट्टै निर्णय गर्छ’

फाइल फोटो

काठमाडौँ : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले स्थानीय तहको चुनावको मितिबारे सत्ता गठबन्धनको बैठकले छिट्टै निर्णय गर्ने बताएका छन् । शनिबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले यसबारे छलफल गरेपनि कुनै निष्कर्ष निस्केको थिएन ।

शनिबार अपरान्ह ४ बजेपछि बस्ने बैठकले यसबारे निर्णय गर्न सक्ने उनले बताए । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको चुनावको मितिबारे औपचारिक धारणा सार्वजनिक गरि नसकेको पनि उनले बताए ।

प्रवक्ता कार्कीले इकागजसँग भने, ‘स्थानीय तहको निर्वाचनको मिति तोक्ने विषयमा व्यापक छलफल भइरहेको छ । अझै निस्कर्ष आइसकेको छैन ।’

स्थानीय तहको चुनाव बैशाखमै गर्नुपर्ने आवाज उठेपछि चुनावको मिति तोक्नुपर्ने दबाब सरकार र सत्तारुढ गठबन्धनलाई छ ।