लमजुङका काउलेपानी, पुमागाउँ र कुडुलेमा ३० हाेमस्टे बन्दै

लमजुङ- गण्डकी प्रदेश सरकारले (होमस्टे) घरबास परियोजनाका लागि लमजुङका तीस घरबास छनोट गरेको छ। प्रदेश सरकार, पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जिल्लाका काउलेपानी, पुमागाउँ र कुडुले घरबास होमस्टेलाई परियोजनाका लागि छनोट गरेको हो । प्रदेशभित्रका ६२ घरबासले उक्त परियोजनाका लागि माग दाबी गरेकामा प्रदेश मन्त्रिपरिषद्को निर्णयले ३० घरबासलाई त्यसका लागि छनोट गरेको हो।
छनोटमा परेका घरबासमा लमजुङ दरबार नजिकैको बेँसीशहर नगरपालिका–३ को काउलेपानी सामुदायिक होमस्टे, राइनास नगरपालिका–३ को कुडुले सामुदायिक घरबास राइनास होमस्टे र बेँसीशहर नगरपालिका–६ को पुमागाउँ सामुदायिक घरबास रहेका छन् ।
काउलेपानी र राइनास होमस्टेलाई सामुदायिक भवन निर्माण र पुमागाउँ होमस्टेलाई पदमार्ग निर्माणका लागि छनोट गरिएकोे हो । ती घरबासले रु १०/१० लाखका दरले रकम प्राप्त गर्ने छन्।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया