भारतीय टेलिकम एयरटेलमा गुगलको १ खर्बभन्दा बढीको लगानी

काठमाडौँ - सर्च इन्जिन गुगल अन्तर्गत रहेको अल्फाबेट इंकले भारतीय टेलिकम एयरटेलमा लगानी गर्ने भएको छ । अल्फाबेट इंकले ‘इन्डियन डिजिटाइजेसन फण्ड’ को रुपमा एयरटेलमा एक अर्ब डलर अर्थात १ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने भएको हो ।
इंकले ७० करोड डलर सेयर र ३० करोड डलर विभिन्न व्यवसायीक सम्झौता अन्तर्गत हुने जनाइएको छ । गुगलले कम्पनीको कुल १.२८ प्रतिशत सेयर प्राप्त गर्ने जनाइएको छ । त्यस्तै ३० करोड डलर भारतको डिजिटाइजेसनका लागि सहुलियतमा सेवा उपलब्ध गराउन खर्च हुने जनाइएको छ । यसअघि गुगलका सीईओ सुन्दर पिचाईले सन् २०२० मा १० अर्ब अमेरिकी डलरको ‘इन्डियन डिजिटाइजेसन फण्ड’ सिर्जना गरेका थिए । जसको उद्देश्य भारतको डिजिटल विकासमा मद्दत पुर्याउनु रहेको थियो ।
उक्त फण्ड सिर्जना भएको केही दिन पश्चात नै गुगलले भारतकै अर्को ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी जिओमा समेत लगानी गरेको थियो । जसमा गुगलले ४.५ अर्ब डलरमा ७।७३ प्रतिशत शेयर खरिद गरेको थियो ।

आन्तरिक राजस्व कार्यालय भैरहवाद्वारा १३ अर्ब राजस्व सङ्कलन

लाभांश वितरणसम्बन्धी मार्गदर्शन २०८२ जारी

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

बिश्वब्यापि ब्राण्ड प्रो होण्डा जेनुईन ईन्जिन आयल अब नेपालमा

यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व सङ्कलन

तरकारी र फलफूल किन्दै हुनुहुन्छ ? हेर्नुहोस् मूल्यसूची

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

प्रतिक्रिया