कोभिडको कुन चरणमा छ नेपाल ?
विज्ञ भन्छन्- ‘मत्थर मात्रै हो, निमिटयान्न भएको छैन’

काठमाडौँ : कोभिड-१९ सुरु हुँदा अत्तालिएको हाम्रो मन अहिले मत्थर भइसक्यो । विद्यालय, कार्यालय, यातायात, सिनेमा हल, सपिङ मल सबै खुल्न थालिसके । हामी हाम्रो पुरानै दैनिकीमा फर्किसक्यौँ । विज्ञहरुले कोभिडलाई विभिन्न चरणमा विभाजन गरेका छन् । त्योमध्ये विगतमा कोभिडको पहिलो र दोस्रो चरण चर्चामा आए । तर, अहिले हामी कोभिडको कुन चरणमा छौँ धेरैलाई थाहा छैन । थाहा भए पनि वास्ता छैन ।
कोभिड संक्रमणका विशेषगरी चार चरणहरू हुने विज्ञहरू बताउँछन् । उनीहरूका अनुसार पहिलोपटक संक्रमण देखिनु कोभिडको पहिलो चरण हो । यो चरणमा संक्रमण कहाँ, कसमा र कसरी भयो भन्नेबारे थाहा हुन्छ । दोस्रो, चरणमा संक्रमण स्थानीय तहमा देखिन्छ । नेपालमा पहिलोपटक कोभिडको संक्रमण देखिँदाको चरण दोस्रो चरण हो । यो चरणसँगै संक्रमणको विस्तार हुन थाल्छ । यो चरणमा संक्रमितबाट सम्भावित संक्रमित व्यक्ति पत्ता लगाउन सकिन्छ । संक्रमणको शंका लागेका व्यक्तिलाई क्यारेन्टाइनमा राखेर परीक्षण गरिन्छ ।
तेस्रो, चरण सामुदायिक स्तरमा संक्रमण फैलिएको अवस्था हो । यसमा संक्रमित व्यक्ति कोबाट संक्रमित भयो भनेर अनुमान लगाउन मुस्किल पर्छ । यस्तो अवस्थामा ‘लकडाउन’ गरेर परीक्षण गर्ने गरिन्छ । चौथो, चरणमा संक्रमणले महामारीको रुप लिन्छ । संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै जान्छ ।
सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार नेपालमा हामीले कोभिडका सबै चरण पार गरिसक्यौँ । ‘कोभिडको सबै फेजबाट हामी गुज्रिसक्यौँ,’ उनी भन्छन्, ‘कतिको त एन्टीबडी नै विकास भइसक्यो । तर, अहिले पनि सामुदायिक स्तरमा कोभिड बाँकी रहेकाले सर्तकता भने अपनाउनुपर्छ । समाजमा कोभिड अझै पनि घुमिरहेकै छ ।’
अहिले नै कोभिडलाई बेवास्ता गर्ने समय नआइसकेको उनी बताउँछन । ‘अहिले कोभिडलाई हामी बेवास्ता गरिरहेका छौँ, बिर्सिन थालिसकेका छौँ,’ उनी भन्छन्, ‘विदेशमा संक्रमणको संख्या कहिले तल कहिले माथि भइरहेको छ । हाम्रोमा पनि त्यस्तो हुन सक्छ । त्यसैले सजग हुनुपर्छ ।’ नेपालमा कोभिड मत्थर भइसकेको जस्तो देखिए पनि पूर्ण रुपमा निमिट्यान्न भने नभइसकेको उनी बताउँछन् ।
जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षित पनि अझै कोभिड सामुदायिक स्तरमा घुमिरहेको बताउँछन । ‘कम्यूनिटीमा कोभिड अझै पनि घुमिरहेको छ,’ उनी भन्छन्, ‘परीक्षण कम भएकाले संक्रमितको संख्या घटेको जस्तो देखिएको मात्र हो ।’
भ्याक्सिन नआएसम्म अझै पनि ठुक्क नहुन उनी आग्रह गर्छन् । ‘भ्याक्सिन आएर ७० प्रतिशत मानिसहरुले भ्याक्सिन नलगाएसम्म ढुक्क हुने अवस्था छैन,’ उनी भन्छन्, ‘जाडोमा संक्रमणको जोखिम झनै बढ्ने भएकाले ख्याल पुर्याउनुपर्छ । परीक्षण नभएका र लुकेर बसेका केसहरु समुदायमा अझै धेरै छन् ।’
त्यस्तै विदेशमा नयाँ प्रजातिका भाइरसहरु पनि देखा पर्न थालेकाले सबैलाई सजग रहन उनको आग्रह छ । सरुवा रोग विशेषज्ञ अनुप सुवेदी जनस्वास्थ्यको क्षेत्रमा जुन देशले जसरी काम गर्छ त्यहीअनुसार महामारी घट्ने वा बढ्ने निर्धारण हुन बताउँछन् ।
‘अझै भिडभाड र जुलुस गर्ने अवस्था छैन,’ उनी भन्छन्, ‘धेरै मानिसहरुमा अझै संक्रमण भइसकेको छैन । उनीहरुमध्ये धेरैजना जोखिम समूहका पनि हुन सक्छन् । जेसँग रोगसँग लड्ने क्षमता कमजोर हुन सक्छ । त्यसैले तरकारी बजार, सपिङ मल र भिडभाड हुने ठाउँमा जाँदा विशेष ध्यान पुर्याउनुपर्छ ।’
बाहिरी देशमा संक्रमणको संख्या कम भएर फेरि बढेको कुरा बिर्सन नहुने उनी बताउँछन् । ‘चिनलाई त्यसको उदाहरणको रुपमा लिन सकिन्छ,’ उनी भन्छन्, ‘अरु ठूला शहरमा पुनः फैलिरहेको अवस्था छ । भ्याक्सिन आउन अझै पनि एक डेढ वर्ष लाग्छ । आएपनि आम जनताको पहुँचमा आउन निकै समय लाग्छ । त्यसैले सावधानीबाहेक हामीसँग अहिले अर्को विकल्प छैन ।’

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

बीमाको 'फेक क्लेम' गर्ने अस्पतालको सम्बन्धन खारेज गर्नुपर्छ : मन्त्री पौडेल

प्रतिक्रिया