महोत्तरीमा ७० प्रतिशत मुद्दा फर्छ्यौट हुन बाँकी

महोत्तरी - जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कात्तिक, मंसिर र पुस महिनामा एक ९८ वटा मुद्दा दायर भएका छन् । विभिन्न शीर्षकमा कात्तिकमा ५४ वटा, मंसिरमा ६७ र पुसमा ७७ वटा गरी एक ९८ वटा मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार एक ९८ मुद्दाका लागि एक सय ४९ जना अनुसन्धानका लागि पक्राउ परेका थिए । जसमध्ये २५ जनालाई पुर्पक्षका लागि थुनामा राखिएको छ भने ७३ जनालाई धरौटीमा छाडिएको छ । तीन जना नाबालक भएको कारण अभिभावकको जिम्मा लगाएको, एक जनालाई बालसुधार गृहमा लगिएको, ४७ जनालाई अनुसन्धानको क्रममा राखिएको र एक जना फैसला भएपछि फरार रहेको कार्यालयका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।
एक सय ९८ वटा मुद्दामध्ये अहिलेसम्म एक जनालाई फैसलापछि एक वर्ष एक महिना जेल सजाय र एक लाख १६ हजार जरिवाना गर्ने आदेशअनुसार कारबाही भइरहेको प्रवक्ता विष्टको भनाइ छ ।
प्रहरी कार्यालयमा दर्ता भएका मुद्दामध्ये धेरैजसो लागुऔषध ओसारपसार तथा कारोबार कसुर र सार्वजनिक शान्ति सुरक्षासम्बन्धी कसुरका मुद्दा छन् । यो तीन महिनामा लागुऔषध ओसारपसार तथा कारोबारका ३० वटा मुद्दा छन् भने २८ वटा सार्वजनिक शान्ति सुरक्षाविरुद्धको कसुरमा मुद्दा दायर भएको प्रहरीको तथ्यांक छ ।
जबर्जस्ती करणी, शरीर बन्धकलगायत गम्भीर प्रकृतीका नौ वटा मुद्दासमेत दर्ता भएका छन् तर पर्याप्त प्रमाणका अभावमा कुनैपनि मुद्दा निष्कर्षमा पुग्न सकेका छैनन् ।
प्रहरी कार्यालयमा मुद्दा हाल्ने तर पीडितले न्याय नपाउने अवस्थाले महोत्तरीमा सर्वसाधारण अचेल कम मुद्दा लिएर जाने गरेको जानकारहरू बताउँछन् ।
मुद्दाको प्रकृती हेरेर प्रहरीले पर्याप्त प्रमाण बटुली पीडितलाई न्याय दिलाउन तत्काल लागि पर्नुपर्ने भएतापनि जिल्लामा कमै मुद्दा मात्र फर्छ्यौट भएको प्रहरीकै तथ्यांकले देखाएको छ ।
जिल्लामा दर्ता भएका एक सय ९८ वटा मुद्दामध्ये अहिलेसम्म ९४ वटा मात्र फर्छ्यौट भएको छ भने एक सय चार वटा मुद्दा अझै बाँकी छन् । कतिपय मुद्दा त दबाबका कारण प्रहरीले बाहना बनाएर लिनै नमान्ने गरेको पनि गुनासो छ ।

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

वैदेशिक रोजगारीमा सिन्डिकेट अन्त्य भएको छ: महानिर्देशक

पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

प्रतिक्रिया