बुस्टर डोज लगाउँदा पहिला लगाएकै खोप लगाउन नपर्ने
अन्य खोप लगाएकालाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिने स्वास्थ्य मन्त्रालयको निर्णय

काठमाडौं - कोभिड-१९विरुद्ध दोस्रो वा बुस्टर डोज लगाउँदा पहिले लगाएकै खोप लगाउन नपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुस्टर मात्रा लगाउँदा पहिला लगाएकै खोप लगाउन नपर्ने निर्णय गरेको हो ।
डब्ल्युएचओ एसएजीई (स्टार्टेजिक एड्भाइजरी ग्रुप अफ एक्सपर्ट अन इम्युनिजेसन) को माघ ७ गते र राष्ट्रिय खोप सल्लाहकार समितिको माघ १२ गतेको सिफारिसका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माघ १४ गते शुक्रबारको मन्त्री स्तरीय निर्णय अनुसार ६० वर्ष भन्दा माथिका व्यक्तिहरुलाई कोभिड १९ विरुद्धको बुस्टर खोप प्रदान गर्दा पहिलो र दोस्रो मात्र कोभिसिल्ड/ एस्ट्राजेनेका, मोर्डना/फाइजर वा भेरोसेल खोपल लगाएकाहरूलाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।
विदेशमा पहिलो मात्रा कोभिसिल्ड/एस्ट्राजेनेका/भेरोसेल/मोर्डना/ फाइजर खोप लगाएकाहरुको हकमा दोश्रो मात्राको रूपमा कोभिसिल्ड/एस्ट्राजेनेका खोप प्रदान गर्ने निर्णय भएको मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाका नर्सिङ्ग अधिकृत लक्ष्मी मरासैनी आचार्यले जानकारी दिए ।

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

प्रतिक्रिया