सत्ता गठबन्धनकाे बैठक बस्दै

काठमाडाैं - पाँच दलीय सत्ता गठबन्धन स्थानीय तहकाे निर्वाचनका विषयमा केन्द्रित भएकाे छ । निर्वाचन आयाेगले वैशाखमै निर्वाचन गर्नेगरी मिति ताेक्न पटकपटक राय दिँदा पनि सत्ता गठबन्धनमान सहमति नजुट्दा घाेषणा हुन सकेकाे छैन ।
पछिल्लाे पटक संविधानसँग बाझिएका कानुन संशाेधनकाे दाबी गरेकाे गठबन्धनकाे बैठक आज शनिबार बस्दैछ । शनिबार बिहान ९ बजे गठबन्धनको बैठक बोलाइएको हाे ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच स्थानीय तहको निर्वाचनको मिति र ऐन संशोधनलगायत विषयमा छलफल भएको थियो ।
कांग्रेस केन्द्रीय कार्यसमितिकाे शुक्रबारकाे बैठकमा महामन्त्री गगन थापाले स्थानीय तहकाे चुनावलाई लिएर गठबन्धनले अघि सारेकाे विकल्प संविधानसम्मत नभएकाे बताक्षसकेका छन् ।
तर, माओवादी केन्द्र र एकीकृत समाजवादी भने पहिले संघकाे निर्वाचन र त्यसपछि स्थानीय तहकाे निर्वाचन चाहन्छन् । त्यसैले संविधान र ऐनमा एकरूपता ल्याउने भन्दै स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने गृहकार्यमा गठबन्धन छ । याे विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि चासाे दिएकी छन् । उनले प्रधानमन्त्री देउवासँग छलफल पनि गरेकी छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया