सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

ट्याक्सी र निजीबाहेकका सवारीमा जोर बिजोर हटाउन सीसीएमसीकाे सिफारिस

काठमाडौं : ट्याक्सी र निजीबाहेकका सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन सिफारिस गरिएकाे छ । कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले ट्याक्सी र निजीबाहेकका सवारी साधनबाट जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको हाे ।

सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले निजी र ट्याक्सीबाहेकका सार्वजनिक सवारीबाट जोर–बिजोर हटाउन सिफारिस गर्ने निर्णय भएको जानकारी दिइन् । 

सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम पनि बढेकाले जोरबिजोर प्रणाली हटाउने निर्णय भएको सीसीएमसीसीले जनाएको छ ।