'प्राकृतिक प्रकोपका कारण नागरिकको अकालमा ज्यान जान नपरोस् भन्नेमा सरकार संवेदनशील छ'

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाणले प्राकृतिक विपद्का कारण कुनै पनि नागरिकको अकालमा ज्यान जान नपरोस् भन्ने विषयमा सरकार संवेदनशील रहेको बताएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति बैठकमा गृहमन्त्री खाणले शित लहरबाट नागरिकलाई बचाउन मंसिर एक गते नै सबै जिल्ला प्रशासन कार्यालयमा रकम खर्च गर्ने अख्तियारीसहित निर्देशन पठाइएको जानकारी दिए।
‘प्राकृतिक विपद्का कारण कुनै पनि नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने विषयमा सरकार संवेदशील छ,’ गृहमन्त्री खाणले भन्नुभयो, ‘शित लहरबाट नागरिकलाई बचाउन मंसिर एक गते नै हामीले सबै जिल्ला प्रशासन कार्यालयमा रकम खर्च गर्ने अख्तियारीसहित निश्चित रकम पठाएका थियौँ । शित लहर चलेका स्थानमा तराईका जिल्ला र हिमपात भएका हिमाली जिल्लाले त्यो रकमबाट केही खर्च गरेको जानकारी गराएका छन् ।’
उनले नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकतामा पर्ने भन्दै त्यो विषयमा आफूहरू सतर्कताका साथ काम गरिरहेको बताए । गृहमन्त्री खाणले भौतिक पूर्वाधार बनाउँदा सुरक्षित र दिगो हुन्छ कि हुँदैन भन्ने विषयमा निर्माण अगावै बहस गर्नु आवश्यक रहेको बताए ।
विपद्पछि गरिने उद्दार, राहत वितरणमा सरकारले सजगता अपनाएपछि विपद्को न्यूनिकरण गर्न प्राकृतिक विपद् आउनुपूर्वको कार्य जति गर्न सकिन्थ्यो, त्यति गर्न सरकारले अझै नसकेको बताए। ‘हामीले विपद्पछि गर्ने काम गर्ने विषयमा धेरै सजगता अपनाइसकेका छौँ,’ गृहमन्त्री खाणले भने, ‘तर, प्राकृतिक विपत्ति आउनुपूर्व गर्नु पर्ने कार्य जति हामीले गर्न सक्थ्यौँ, त्यति गर्न हामीले सकिरहेका छैनौँ ।’
नेपाल विभिन्न प्राकृतिक प्रकोपमा उभिएको भन्दै गृहमन्त्री खाणले ती प्रकोपको सहज व्यवस्थापन कसरी गर्ने भन्ने चुनौति सरकारसामू रहेको बताए । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, सहरी विकासमन्त्री रामकुमारी झाक्री, मुख्यसचिव शंकर बैरागीसहित विभिन्न मन्त्रालयका सचिवहरू सहभागी थिए ।

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

मुलुकको अर्थतन्त्र सुधार हुँदैछ, निराश हुनुपर्दैनः अर्थमन्त्री पौडेल

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

मुलुकको अर्थतन्त्र चालु बर्षमा ४ खर्बले बढयो, पुग्यो ६१ खर्ब

परराष्ट्र मन्त्रालयले भन्यो– ‘स्पेनबाट सबै फर्किएका छन्, भ्रममा नपरौँ’

प्रतिक्रिया