विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालयमा मोबाइल चलाउन नपाउने

काठमाडौं – त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै अराइभल कक्ष र डिपार्चर कक्षमा खटिएका कर्मचारीलाई कार्यालय समयमा ल्यान्डलाइन र अफिसियल मोबाइल मात्र प्रयोग गर्न निर्देशन दिएको छ ।
मोबाइल चलाएको या नचलाएकोबारे अध्यागमन अधिकृतले अनुगमन गर्नुपर्ने र मोबाइलको व्यक्तिगत प्रयोगको मात्रालाई नियन्त्रण तथा नियमन गर्नुपर्ने सूचनामा उल्लेख छ ।
अत्यावश्यक काम परेको अवस्थामा भने वरिष्ठ अध्यागमन अधिकृतलाई जानकारी गराएर फोन गर्न पाइने छ । कर्मचारीले सम्पूर्ण व्यक्तिगत मोबाइल आफ्नो लकरमा राख्न विभागले निर्देशन दिएको छ ।

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

वैदेशिक रोजगारीमा सिन्डिकेट अन्त्य भएको छ: महानिर्देशक

पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

प्रतिक्रिया