कम्युनिस्टको लहलहैमा लागेर निर्वाचन सार्नु हुँदैन : पोखरेल

काठमाडौँ- राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा कांग्रेस केन्द्रीय सदस्य प्राध्यापक डाक्टर गोविन्दराज पोखरेलले स्थानीय निर्वाचन समयमै गर्नुपर्ने बताएका छन्। कम्युनिस्टको लहलहैमा लागेर लोकतन्त्रको जग बलियो नहुने भन्दै उनले समयमै चुनाव गर्दा लोकतन्त्र झन् बलियो हुने बताएका हुन् ।
'२०१६ सालमा स्थानीय निर्वाचन गरी प्रजातन्त्र बलियो बनाउन बल्क डेभलोमेन्ट अफिसर खटाएर स्थानिय चुनाव गर्ने तयारी गरिरहँदा संसदीय व्यवस्था खोसियो' पोखरेलले भने, 'यदि गरेको भए राजाले सजिलै प्रजातन्त्र हडप्न सक्ने थिएनन्।'
२०४९ सालमा चाक्सीबारी बैठकमा शीर्ष नेतृत्वले चुनाव नगर्ने भन्दा स्वर्गीय पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले एक्लै निर्वाचनमा गएर ७५ मध्ये ६० भन्दा बढी जिल्लामा जितेको स्मरण गर्दे पोखरेलले सो कुरा बताएका हुन् ।
तत्कालिन माओवादीले खारेज गर्न खोजेका स्थानीय निकायको निर्वाचन २०५९ सालमा नगर्दा लोकतन्त्रको जग कमजोर भएको समेत पोखरेलले बताए । लोकतन्त्रको जग बलियो बनाउन सबैभन्दा महत्वपुर्ण स्थानीय सरकारको निर्वाचन नै रहेको भन्दै सरकारले कम्युनिस्टको लहलहैमा लागेर निर्वाचन सार्नु नहुने पोखरेल बताउँछन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया