गुर्जुधारा यातायात कार्यालयमा मन्त्री दाहालको छड्के अनुगमन

काठमाडौँ : वागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा रहेका लिखित फाइलहरुलाई डिजिलाइजेशन गर्न निर्देशन दिएका छन् । शुक्रबार काठमाडौंको गुर्जुधारास्थित यातायात कार्यालयको अनुगमन गर्दै मन्त्री दाहालले यस्तो निर्देशन दिएका हुन् । उनले यातायात कार्यालयमा रहेका अस्तव्यस्त फाइलहरुले अबका दिनमा ठूलो समस्या सिर्जन गर्ने भन्दै व्यवस्थित बनाएर लैजानुपर्ने बताए ।
मन्त्री दाहालले यातायात कार्यालयबाट तत्काल त्यो कुरा सम्भव नभए निजी क्षेत्रलाई टेण्डर आह्वान गरेर लिखित फाइलहरु अनलाइनमा परिणत गर्नुपर्ने बताए । उनले यातायात कार्यालयमा अहिले चलिरहेको शैलीलाइ पनि रुपान्तरण गर्न आवश्यक रहेको भन्दै कार्यालयमा नयाँ प्रविधि भित्र्याएर जानुपर्ने बताए । उनले यातायात कार्यालयमा पैसा बुझ्ने कामले धेरै बिचौलियाको प्रवेश भएको भन्दै कार्यालयमा क्यासको कारोबार नै हुन नदिने गरी नयाँ सिस्टम बनाउने बताए ।
मन्त्री दाहालले भने, ‘यो फाइल जुनरुपमा अस्तव्यस्त छ, यसले गर्दा केही समयपछि धेरै ठूलो समस्या आउँछ । यसलाई अब हामीले व्यवस्थित नगर्ने हो भने के हुन्छ होला हालत ? एकान्तकुनामा हिजो फाइलहरु हे¥यौं, बेहाल छ । त्यो भएर यसलाई डिजिलाइजेशन गर्ने क्रममा अलि ध्यान दिनुस् । हामी त्यो विधि बनाउँदैछौँ । हाम्रो आफ्नै कार्यालयबाट त्यो अहिले सम्भव छैन । प्राइभेटलाई लिएर त्यसको व्यवस्थापन गरौँ । मन्त्रालयमा छलफल गरेर मन्त्रालयले टेण्डर गरेर प्राइभेटलाई निश्चित अवधि दिएर यसलाई व्यवस्थित गर्छौं । यो ढड्डा अहिले जुन रुपमा रहेको छ । यसले भोलि यही रुपमा रहे सबैलाई अफ्ठ्यारो बनाउँछ । त्यसैले सिस्टम नै नयाँ बनाएर जाउँ । जस्तो यहाँ क्यास लिएर आउनु नपरोस् । यहाँ बुझ्ने काम भयो भने बिग्रिन्छ । क्यासको कारोबार कार्यालयभित्र एक पैसाको पनि नहुने बनाउनु पर्छ । १÷२ जना बदमासले गर्दा अन्य इमान्दार कर्मचारीहरुले दोष पाइरहेका छन् ।’
मन्त्री दाहालले यातायात कार्यालयमा बिचौलियाहरुका कारण इमान्दार कर्मचारीहरुले पनि दोष पाइरहेको भन्दै बिचौलियालाई कार्यालयमा प्रवेश गर्न नदिन सचेत गराए । उनले कार्यालयमा आउने सेवाग्राहीहरुलाई व्यवस्थित तरिकाबाट काम सम्पन्न गर्ने वातावरण मिलाउन पनि निर्देशन दिए ।

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

मुलुकको अर्थतन्त्र सुधार हुँदैछ, निराश हुनुपर्दैनः अर्थमन्त्री पौडेल

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

मुलुकको अर्थतन्त्र चालु बर्षमा ४ खर्बले बढयो, पुग्यो ६१ खर्ब

परराष्ट्र मन्त्रालयले भन्यो– ‘स्पेनबाट सबै फर्किएका छन्, भ्रममा नपरौँ’

प्रतिक्रिया