कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति कसरी बन्छ ? र के काम गर्छ ?

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले आज केन्द्रीय कार्यसम्पादन समितिको गठन गर्ने भएको छ ।
खासमा केन्द्रीय कार्यसमितिको संख्या ठूलो हुँदै गएपछि सजिलोका लागि कार्यसम्पादन समिति निर्माणको प्रक्रिया अवलम्बन गरिएको देखिन्छ । यद्यपि केन्द्रीय कार्यसंपादन समितिको निर्णयलाई केन्द्रीय कार्य समितिले अनुमोदन गर्नुपर्नेछ ।
कार्यसंपादन समितिको गठन के कसरी हुन्छ ? यसले के काम गर्छ ?
१.केन्द्रीय कार्यसमितिको सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री पदेन सदस्य
२. सभापतिले कार्यसमितिका सदस्यमध्येबाट समावेशी सिद्धान्त समेतलाई ध्यानमा राखी केन्द्रीय कार्यसम्पादन समितिकालागि ३१ जना सदस्य कार्यसमितिको बैठकमा प्रस्ताव गर्नेछ । उक्त प्रस्तावलाई कार्यसमितिको बहुमतले अनुमोदन गर्नेछ ।
३. संसदीय दलको नेता केन्द्रीय कार्यसम्पादन समितिको पदेन सदस्य हुनेछ ।
४. केन्द्रीय कार्यसमितिका प्रवक्ता
५. केन्द्रीय कार्यसम्पादन समितिको बैठक प्रत्येक महिनामा कम्तीमा एक पटक बस्नेछ ।
समितिको काम, कर्तव्य र अधिकार यस्तो छ ।
१. कार्यसमितिको एउटा बैठक र अर्को बैठकको बीचमा कार्यसमितिले गर्नुपर्ने काम केन्द्रीय कार्यसम्पादन समितिले गर्नेछ ।
२. कार्यसम्पादन समितिले आफ्नो निर्णय कार्यसमितिको बैठकमा पेश गरी अनुमोदनको लागि प्रस्तुत गर्नेछ ।
३. पार्टीका केन्द्रीय विभागको कामको समीक्षा गर्नेछ ।
४. समय-समयमा संसदीय दलको कार्यसमिति, संसदीय दलका विषय समितिका संयोजकसँग संयुक्त रुपमा विषयगत छलफलको आयोजना गर्नेछ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया