बागलुङ अदालतको नियमित सेवा स्थगित

बागलुङ - जिल्ला अदालत बागलुङले आइतबारदेखि आउँदो २५ गतेसम्मलाई अत्यावश्यकबाहेकका नियमित सेवा स्थगन गर्ने निर्णय गरेको छ । न्यायाधीश र कर्मचारीमासमेत कोरोना सङ्क्रमण देखिएकाले सेवा प्रवाह स्थगन गर्नुपरेको अदालतले जनाएको छ । मुलुकी फौजदारी संहिता, बन्दी प्रत्यक्षीकरण र निषेधाज्ञा निवेदन दर्ता र सुनुवाइ, अभियोगपत्र दर्ता, चालु मुद्दाको मिलापत्र र फिर्ता जस्ता अत्यावश्यकीय सेवा भने नियमित सञ्चालनमा रहने अदालतले जनाएको छ ।
सेवा स्थगन भएको अवधिमा मुद्दा, रिट तथा निवेदनहरूमा रहेका हदम्याद, म्याद र तारेख भने नगुज्रने अदालतले स्पष्ट पारेको छ । गत आइतबारदेखि मालपोत कार्यालयको सेवा पनि प्रभावित छ । चार कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको र अन्य कर्मचारीमा मिल्दाजुल्दा लक्षण देखिएर घरमै एकान्तबासमा बसेकाले अत्यावश्यकबाहेकका सेवा बन्द गर्नुपरेको मालपोत अधिकृत देवेन्द्रबहादुर थापाले बताए।
सेवाग्राहीको भीडभाड हुने जिल्ला प्रशासन, अदालत, मालपोत, नापी, यातायातजस्ता सरकारी कार्यालयमा सङ्क्रमणको जोखिम बढी छ । सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित र सुरक्षित बनाउन जिल्ला कोभिड–१९ सकट व्यवस्थापन केन्द्रले नयाँ नियम तोकेको छ । बढ्दो सङ्क्रमणलाई दृष्टिगत गरी जिल्ला प्रशासन, मालपोत र नापी कार्यालयले अबदेखि स्थानीय तहअनुसार दिन बाँडेर सेवा दिन थालेका छन् । बैंक तथा वित्तीय संस्थासहित सबै सार्वजनिक निकायबाट सेवा लिन १८ वर्ष उमेर पुगेका व्यक्तिलाई खोप कार्ड अनिवार्य गरिएको छ ।
स्वास्थ्य कार्यालयको आँकडाअनुसार जिल्लामा हाल ५४१ कोरोनाका सक्रिय सङ्क्रमित छन् । पछिल्ला दिनमा सङ्क्रमितको स्ख्या बढ्दो क्रममा छ । बिहीबार मात्र ८८ जनामा कोरोना पुष्टि भएको कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए।

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

वैदेशिक रोजगारीमा सिन्डिकेट अन्त्य भएको छ: महानिर्देशक

पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया