रुसी ग्यास पाइप लाइन अवरुद्ध गर्ने अमेरिकाको चेतावनी

काठमाडौँ - रसियाले युक्रेनमाथि हमला गरे पश्चिम युरोपमा रुसी ग्यासलाई पठाउने मुख्य पाइपलाईन नर्थ स्ट्रिम २ खोल्ने निर्णय रोक्ने अमेरिकाले चेतावनी दिएको छ ।
नर्थ स्ट्रिम २ रसियाबाट जर्मनीसम्म पुग्ने पाइप लाइन हो । रसियाले हमला गरे सो परियोजनामा प्रतिबन्ध लाग्न सक्ने वर्लिनस्थित अधिकारीहरुले बुधबार बताएका थिए ।
रसियाले युक्रेन अतिक्रमण गरे आफूहरुले रसियाको अर्थतन्त्रलाई निशाना बनाउने पश्चिमा साझेदारहरुले बताउँदै आएका छन् । र, उनीहरुका पछिल्ला टिप्पणीले आकर्षक पाइपलाइन परियोजनामा पश्चिमा देशको अडान कठोर रहेको देखिन्छ ।
रसियाले युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै योजना नरहेको बताउँदै आएको छ । तर, पश्चिमा मुलुकहरु उसको भनाईप्रति शंका गदैै आएका छन् ।
‘म धेरै प्रष्ट हुन चाहन्छु कि रसियाले एक वा अर्को तरिकाले युक्रेनमाथि हमला गरेमा नर्ड स्ट्रिम २ परियोजना अगाडि बढ्ने छैन्,’ विदेशमन्त्रालयका प्रवक्ता नेड प्राइसले अमेरिकी प्रसारक एनपीआरसँग भने । एजेन्सी

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया