बजारमा नक्कली मास्क बेच्ने ४ पक्राउ

काठमाडौं– अमेरिकन ब्राण्ड थ्रीएमको नक्कल गरी उस्तै देखिने कम गुणस्तरका मास्कसहित ४ जना पक्राउ परेका छन्। त्रिपुरेश्वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेज प्रालि र अनेष्ट सप्लायर्सबाट नक्कली मास्कसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेजका सञ्चालक ललितपुर बुद्दि बहादुर कार्की,े भारत राजस्थानका नक्कली थ्रीएम मास्कको सप्लायर्स यश अग्रवाल, यान्स लावटी र अनेष्ट सप्लायर्सका म्यानेजर संखुवासभा सभापोखरी गाउँपालिकाका मुक्तिप्रसाद पोखरेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यकाको बिभिन्न स्थानमा अमेरीकन ब्राण्ड थ्रीएम मास्क तथा थ्रीएम हेल्थक्येर युएसको नक्कल गरी कम गुणस्तरका मास्क नेपाली बजारमा बिक्री बितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा उनीहरु पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले महालक्ष्मी इशान इन्टरप्राइजेज प्रालि र अनेष्ट सप्लायर्समा जाँच गर्ने क्रममा कम गुणस्तरको मास्क फेला पारी उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । साथै महालक्ष्मी इशान इन्टरप्राइजेजबाट ४ हजार १ सय ९४ थान र अनेष्ट सप्लायर्सबाट १ हजार ९ सय २० थान नक्कली थ्रीएम मास्क प्रहरीले बरामद गरेको छ ।
उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग बबरमहल काठमाडौं पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

वैदेशिक रोजगारीमा सिन्डिकेट अन्त्य भएको छ: महानिर्देशक

पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया