कोरोनाले लेबनानमा १० चिकित्कसको मृत्यु, १५ आइसियुमा

बेरुत : कोरोनाभाइरसबाट सङ्क्रमित भएर लेबनानमा १० चिकित्सकको मृत्यु भएको छ ।
कोरोनाबाट सङ्क्रमित भएकामध्ये अरु १५ चिकित्सक अति सघन कक्षमा उपचार गराइरहेका छन् भने झण्डै २०० जना क्वारेन्टिनमा रहेका छन् ।
लेबनानको चिकित्सासम्वन्धी एउटा सवैभन्दा ठूलो संस्थाका प्रमुख रहेका चाराफ अबोले भन्नुभयो, “महामारीले नराम्ररी सताउने छ, सवै आम नागरिक अत्यन्त संवेदनशिल र सचेत हुन आवश्यक छ, स्वास्थ्यकर्मीहरुले पनि काम गर्दा उच्च सतर्कता अपनाउनु पर्छ ।”
लेबनानमा बिहीबार मात्रै चार हजार ७७४ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई लाख चार हजार ६९९ रहेको अधिकारीहरुले जनाएका छन् ।
त्यसैगरी पछिल्लो दिन थप १६ जनाको कोरोनाका कारण मृत्यु भएसँगै कुल मृतकको सङ्ख्या एक हजार ५६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । (सिन्ह्वा)

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

प्रतिक्रिया