`चार्टर उडानमा बढी भाडा तिरेको कागजातसहित निवेदन दिनुस् कारबाही गर्छौ`
काठमाडौँ - कोभिड महामारीको समयमा खाडी मुलुकमा काम गर्ने नेपाली श्रमिकको हवाई उद्धार गर्न गरिएको चार्टर उडानमा तोकिएको भन्दा बढी भाडा लिएको विषयमा पर्यटनमन्त्री प्रेम आलेले गठन गरेको छानबिन समितिले काम सुरु गरेको छ ।
मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले यात्रु चार्टर उडानमा तोकिएकोभन्दा बढी भाडा तिर्न बाध्य भई मर्का परेका व्यक्तिले आधिकारिक कागजातसहित सात दिनभित्र इमेलमार्फत निवेदन दिन अनुरोध गरेको हो ।
कोभिड पहिलो चरणमा लकडाउनका बखत अलपत्र परेका व्यक्तिलाई स्वदेश फकार्उन सहजीकरण गर्ने क्रममा अन्तर्राष्ट्रिय यात्रु चार्टर उडानको व्यवस्था भएको थियो ।
सोपश्चात् यात्रु प्रस्थान हुँदा लाग्ने हवाई भाडा सम्बन्धित एयरलाइन्सबाट नेपाल नागरिक उड्डयन प्राधिकरणमा बुझाएको हवाई भाडाभन्दा बढी लिएको भनी प्राप्त भएका विभिन्न गुनासोका आधारमा सम्बोधन गरी छानबिन गर्न मन्त्रालयले हवाई भाडा दर छानबिन समिति, २०७८ गठन गरेको थियो ।

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

मुलुकको अर्थतन्त्र सुधार हुँदैछ, निराश हुनुपर्दैनः अर्थमन्त्री पौडेल

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

मुलुकको अर्थतन्त्र चालु बर्षमा ४ खर्बले बढयो, पुग्यो ६१ खर्ब

परराष्ट्र मन्त्रालयले भन्यो– ‘स्पेनबाट सबै फर्किएका छन्, भ्रममा नपरौँ’

प्रतिक्रिया