नियमावली आभावमा ऐन कार्यान्यवनमा आउन सकेन : मुख्यमन्त्री राउत

जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा निजी क्षेत्रको लगानी भित्र्याउन प्रदेश सरकार प्रयासरत रहेकाे बताएका छन ।
बिहीवार सप्तरीकाे राजविराजमा उद्योग वाणिज्य संघद्वारा नवनिर्वाचित कार्यसमितिको पदभार तथा सपथ ग्रहण समारोह लाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले निजी क्षेत्रको लगानी विना प्रदेशको विकास सम्भव नरहेकोले निजी क्षेत्रको लगानी भित्र्याउन प्रदेश सरकार स्थापनाकालदेखि नै प्रयासरत रहेको बताए ।
प्रदेश सरकारले उद्योगी व्यवसायीहरुलाई लगानीमा सहजताका लागि ऐन ल्याएपनि नियमावली आभावमा ऐन कार्यान्यवनमा आउन नसकेकाे बताउँदै मुख्यमन्त्री राउतले एक साता भित्रै नियमावली ल्याउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले निजी क्षेत्रको लगानी आकर्षित गर्न मधेस सरकारले छिट्टै लगानी सम्मेलन आयोजना गर्न लागेको जानकारी दिए ।नवनिर्वाचित अध्यक्ष लालु प्रसाद अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष अरुण प्रधानसहित विभिन्न क्षेत्रका अगुवाहरुले आ–आफ्ना धारणा राखेका थिए ।

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

मुलुकको अर्थतन्त्र सुधार हुँदैछ, निराश हुनुपर्दैनः अर्थमन्त्री पौडेल

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

मुलुकको अर्थतन्त्र चालु बर्षमा ४ खर्बले बढयो, पुग्यो ६१ खर्ब

परराष्ट्र मन्त्रालयले भन्यो– ‘स्पेनबाट सबै फर्किएका छन्, भ्रममा नपरौँ’

प्रतिक्रिया