कर्णाली प्रदेशसभामा सर्वसाधारणलाई पनि प्रवेश दिइने

सुर्खेत : कर्णाली प्रदेशसभाले हरेक महिनाको दुई दिन सर्वसाधारणको लागि खुल्ला गर्ने भएको छ । प्रत्येक महिनाको १५ र २९ गते संसद खुल्ला राख्ने प्रदेशसभा सचिवालयले जनाएको छ । सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बिहीबार बसेको पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । प्रदेशसभाका सचिव जिवराज बुढाथोकीका अनुसार संसद खुल्ला हुनुपर्ने मान्यताबमोजिम कर्णाली प्रदेशसभा पनि खुल्ला गर्ने निर्णय गरिएको जानकारी दिए ।
‘अबदेखि कर्णाली प्रदेशसभाभित्र के कस्तो छ ? सांसदहरु बैठक गर्ने ठाउँ कस्तो छ ? सबै कुरा सर्वसाधारण नागरिकले पनि प्रत्यक्ष रुपमा अवलोकन गर्न पाउने भएका छन्’ उनले भने, ‘सभा भित्रका सबै कुराहरुको विषयमा जानकारी दिएर घुमाउने कर्मचारीको समेत व्यवस्था गरिएको छ ।’ संसद खुल्ला हुनुपर्छ भनिएपनि अहिलेसम्म व्यवहारमा लागु नभएका कारण यहाँका भौतिक संरचना तथा हाउस हेर्नको लागि खुला गरिने अभ्यासमा लागेको उनले बताए । खुल्ला संसदको अभ्यासमा लागेको सातवटै प्रदेशमध्ये कर्णाली पहिलो हो ।
‘संसदभित्र बैठक हुँदाको दिनमा बैठकको पनि अवलोकन गर्ने र अन्य दिन भए हल तथा त्यहाँ भएका अन्य संरचनाको अवलोकन गर्न पाइनेछ’ उनले भने, ‘संसद खुला हुनुपर्छ र संसदभित्रका गतिविधिहरु नागरिकले पनि जान्न पाउनुपर्छ भनेर यो अभ्यासमा लागेका हौ ।’
बेलायत लगायतका देशहरुमा संसदको वरिपरि पर्खाल पनि नलाएर नागरिकको लागि खुल्ला राख्ने अभ्यास भएको हुँदो खुलापनको अभ्यास गर्न जरुरी रहेको उनको भनाई थियो ।
माघ २१ गते चौथो वार्षिकोत्सव
यसैबीच कर्णाली प्रदेशसभाले स्थापनाको चौथो वार्षिकोत्सव मनाउने भएको छ । माघ २१ गते प्रदेशसभाले विभिन्न कार्यक्रमहरु गरेर स्थापना दिवस मनाउने भएको हो । माघ १७ गते देखि विभिन्न कार्यक्रमहरु आयोजना गरेर वार्षिकोत्सव मनाउने भएको हो ।
सचिव बुढाथोकीका अनुसार माघ १७ गते प्रदेश सभा परिसरको सरसफाई गर्ने, विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिने छ । माघ १८ गते खेलकुद गतिविधि हुनेछन् । यस्तै युवासँग प्रदेशसभा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने भएको छ । स्थापना दिवसको अवसरमा वक्तित्वकला प्रतियोगिता समेत आयोजना गरिने भएको छ ।
प्रतियोगिताका लागि ‘म प्रदेश सभाको सदस्य भएँ भने‘’ शीर्षक तय भएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए । माघ २१ गते बिहान ११ बजे औपचारिक कार्यक्रमको आयोजना गरि पुरस्कार वितरण, स्मारिका विमोचनको कार्यक्रम तय भएको छ । त्यसैगरी विभिन्न विद्यालयका विद्यँर्थीहरुलाई प्रदेशसभामा अवलोकनका लागि ल्याइने बुढाथोकीले बताए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया