जापानमा ह्वात्तै बढ्याे काेभिड संक्रमण, बिहीबार थपिए ७८ हजार संक्रमित

टोकियो – जापानमा काेभिड–१९ संक्रमणको नयाँ लहर डरलाग्दो तरिकाले बढिरहेकाे छ । बिहीबीर मात्रै ७८ हजार ९ सय ३१ जना कोभिड–१९ का नयाँ संक्रमित थपिएका छन् । त्यस्तै बुधबार ७० हजार भन्दा धेरै संक्रमित थपिएका थिए ।
काेभिडकाे संक्रमण बढेपछि देशका ४८ प्रिफेक्चर मध्ये १६ प्रिफेक्चरमा अर्ध–आपतकाल लगाइएको छ। बिहिबारदेखि १८ प्रिफेक्चर थपेर ३४ प्रिफेक्चरमा अर्ध-आपतकाल घोषणा गरिएको छ । काेभिडकाे नयाँ भेरियन्ट ओमिक्रोन देशभर फैलिन थालेसँगै संक्रमण अनियन्त्रित रुपमा बढिरहेको छ । टोकियोमा बिहीबारमात्रै १६ हजार ५ सय ३८ जनामा काेभिड पुष्टि भएको छ ।
ओसाका प्रिफेक्चर ९ हजार ७ सय ११ जनामा कोरोना देखिएको हो । कोरोना नियन्त्रण गर्न विकसित भनिएका देशहरुलाइ पनि गार्हो परिरहेको छ । जापान भरिमा जनवरी १ तारिक ५ सय ३४ जनामादेखिएको कोरोना अहिले लगभग एकैदिन ८० हजार जनामा पुग्नु विकशित देशलाइ आउँदा महामारीको लागि पनि चुनौतीको विषय हो ।
कोरोना खोप लगाए पनि यो गतिले बढ्दा केही दिनमा एकैदिन लाखौँ संक्रमित संख्या हुनसक्ने विज्ञहरु बताउँछन् । अर्ध-आपतकाल विशेष गरी रेष्टुरेन्टमा साँझ अबेरसम्म जमघट र खानपिन गर्दा बढी सरेको तथ्यांक भएकोले रेष्टुरेन्ट खुल्ने समय घटाउनुका साथै विभिन्न सभा समारोह इभेन्ट र लाइभका कार्यक्रमलाइ बन्द गरिएको छ।
जापान अर्धआपतकाल घोषणा गरे पनि जापानको दैनिकी चलायमान छ । घरबाट सकिने कामहरु घरबाटै गर्न भनिएपनि विद्यालय र कामहरु नरोकिएपछि रेलका डिब्बाहरुमा मान्छेको भिड भने बाक्लै हुने गरेकाे छ । जापान सरसफाई र मास्कको प्रयोगमा सभ्यसँगै नियम मान्ने देशमा पर्दछ । कोरोना बढ्न नदिन विदेशी प्रतिबन्धसँगै क्वारेन्टाइन नियम पनि कडा बनाउँदा बनाउँदै पनि जापान काेभिड नियन्त्रण गर्ने प्रयासमा असफल देखिएकाे छ ।

टेक्सासमा बाढी : १३ जनाको मृत्यु, उद्धार कार्य जारी

फ्रान्सका राष्ट्रपति म्याक्रोँले मङ्गलबार बेलायती संसदलाई सम्बोधन गर्ने

पाकिस्तानमा भवन भत्किँदा ६ जनाको मृत्यु, १० जना भग्नावशेषमा फसेको आशंका

ईरानको निर्णयले आणविक स्थायित्वमा असर, विश्व समुदाय गम्भीर

अफगान नागरिकहरूलाई फिर्ता पठाउने जर्मन योजनाप्रति संयुक्त राष्ट्रसंघको चिन्ता

इन्डोनेसियामा डुङ्गा डुब्दा ४ जनाको मृत्यु, ३८ बेपत्ता

रुसको कुर्स्क क्षेत्रमा नौसेना उपप्रमुखको मृत्यु

प्रतिक्रिया