स्ट्यान्डर्ड चार्टर्ड बैंकले पायो 'ट्रिपल ए' रेटिङ

काठमाडौँ - इक्रा नेपालले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई (आईसीआरएएनपी-आईआर) ट्रिपल ए रेटिङ प्रदान गरेको छ। यो रेटिङको अर्थ बैंक वित्तीय सेवामा सुरक्षित रहेको मानिन्छ। बैंकले लगातार तेस्रो वर्ष बैंकले राम्रो रेटिङ पाएको जनाएको छ । यसमा ऋण जोखिम एकदमै कम रहेको समेत रेटिङले देखाएको छ।
इक्राका अनुसार कोभिड-१९ महामारीको प्रभावबीच कम्पनीको पुँजीकरण र स्वस्थ सम्पत्ति रहेकाले बैंकको बलियो वित्तीय प्रोफाइललाई रेटिङले देखाएको छ। बैंकको सन् २०२१ मध्यअक्टोबरसम्म जोखिममा हुनसक्ने सम्पत्ति अनुपात (सीआरएआर) १६.०९ प्रतिशत र टायर १ १४.४६ प्रतिशत रहेको छ। जुन भनेको न्यूनतम नियामकीय आवश्यकता ११ प्रतिशत र ७ प्रतिशतभन्दा राम्रो विन्दूमा देखिएको इक्राले जनाएको छ।
बैंकको कस्ट अफ फन्ड तथा विश्व ब्रान्डको चिनारीले बैंकलाई प्रतिस्पर्धी स्थानमा राखेको र यसको डिपोजिटमा पनि सुधार देखिएको रेटिङले देखाएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिर्वाण घोष दास्तिदारले भने, ‘एएए रेटिङ लगातार तीन वर्षसम्म पाइरहँदा हाम्रो ग्राहक र स्टेकहोल्डरप्रतिको प्रतिबद्धतालाई उजागर गरेको र यसका लागि सबैलाई धन्यवाद दिन चाहन्छौँ।’
_a6Z7zSqGwB_hmd3mh6t2ggihgo6fqy91tc0hkd8mxjswxhcfiekvvxpx3x07fprybau1y9a_eZRGaB5BlO_wmoaiqcbj1omimwsbenucvxbxhpnh9xfw23lphucq8khidnuxdaex1gi4wzy.jpg)
साढे २ अर्ब लगानीमा खुल्यो नेवारी आर्किटेक्चर र बिलासिताको मिश्रण 'आर्या होटल …

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पानको आग्रह

बेरूजु निरन्तर बढ्दो, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गरेर पारदर्शिता कायम गर्…

नीतिगत अन्योलले चार वर्षदेखि सुपारी निर्यात ठप्प

‘तरकारीमा विषादीको प्रयोग घटाऔँ’

प्रतिक्रिया