त्रिविको व्यवस्थापन संकायमा नेविसंघको तालाबन्दी

काठमाडौँ : विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने सहमति कार्यान्वयन नगरेको भन्दै नेपाल बिद्यार्थी संघले किर्तिपुरस्थीत त्रिभुवन विश्वबिद्यालय व्यवस्थापन संकायमा तालाबन्दी गरेका छन् ।
व्यवस्थापन संकायका कुल बिद्यार्थी संख्याको १० प्रतिशत विद्यार्थीलाई शत प्रतिशत छात्रवृति प्रदान गर्न यसअघि भएको सहमति कार्यान्वयन नभएको भन्दै नेविसंघले तालाबन्दी गरेका हुन् । उनीहरुले आर्थिक अभावका कारण बिद्यार्थीहरुमा गरिएको बिभेद अन्त्य गर्न र महङ्गो कोर्स पढ्न नसक्ने बिद्यार्थीका लागि छात्रबृति प्रदान गर्ने बिषयमा संघ र त्रिबिबीच २०७६ साल साउन २४ गते भएको सहमति कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
उनीहरुले त्रिवि व्यवस्थापन संकायबाट सम्बन्धन प्राप्त सवै क्याम्पसको शुल्कमा एकरुपता ल्याउन माग गरेका छन् । त्यस्तै केहि क्याम्पसले छात्रबृतिका नाममा २ देखि ५ लाखसम्म उठाउने गरेको भन्दै त्यस्ता क्याम्पसहरुको सम्वन्धन खारेज गरि आवश्यक कारवाही गर्न माग गरिएको नेविसंघ नेता दिपक ओझाले जानकारी दिए ।
सो क्रममा त्रिवि व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माले बिद्यार्थीहरुको मागका बारेमा आफु सकारात्मक भएको भन्दै सर्वपक्षिय छलफलबाट समस्या समाधान गर्ने बताए । बिद्यार्थीहरुले व्यवस्थापन संकायको भर्ना सम्बन्धी कार्यबिधी पालना नगरि सिम्याटको रिजल्ट अगावै भर्ना लिने क्याम्पसहरुलाई पनि कारवाही गर्न माग गरेका छन् ।
आफुहरुको मागका बिषयमा २४ घण्टाभित्र कुनै सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।

सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्समा नवप्रवर्द्धन एवं आईटी मेला

काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने

एम्बार्क अनम्याथको “उद्यमी गणित“ कार्यक्रमः शैक्षिक गणितलाई व्यवहारिक प्रयोगमा रू…

किङ्स कलेजले साउन १०–११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट विश्व निकेतन सम्मानित

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

प्रतिक्रिया