भारतबाट छोरी बोकेर श्रीमान्को खोजीमा नेपाल
गलकोट - एक वर्षदेखि सम्पर्कविहीन भएका नेपाली श्रीमान् खोज्दै भारतको चेन्नैदेखि एक भारतीय महिला दुई छोरीसहित बागलुङ आएकी छन् । सन् २००२ मा बागलुङ जिल्लाको जैमिनी नगरपालिका कुश्मिसेरा–१ टाहरास्थित प्रकाश शर्मासँग भारतमा विवाह गरेकी भारतीय नाम भानमोझी (नेपाली नाम मीना शर्मा) अहिले श्रीमानकाे खोजी र न्यायको लागि बागलुङ आएकी हुन् ।
भारतमा झुक्काएर विवाह गरेपछि भानमोझीले दुई छोरी गङ्गालक्ष्मी शर्मा र ऐश्वर्य शर्मालाई जन्म दिएकी हुन् । अहिले जेठी छोरी १८ वर्ष र कान्छी छोरी १७ वर्षको भइसकेकी छन् । उनीसँग न त विवाह गरेको प्रमाणपत्र नै छ, न त नेपाली नागरिकताको प्रमाण पत्र नै । प्रहरी र प्रशासनको सहयोगमा दुई छोरीको जन्मदर्ता र जेठी छोरीको नागरिकता बनाए पनि भानमोझीसँग विवाह दर्ता र श्रीमानकाे नाममा नागरिकता पाएकी छैनन् ।
“श्रीमानले म अनाथ हो, भारतमा व्यवसाय छ भनेर मलाई झुक्काएर सन् २००२ मै भारतको चेन्नैमा विवाह गरेको थियो, त्यपछि उसले आफ्नो ठाउँ–ठाउँमा व्यवसाय गर्ने भन्दै आउँदै फर्कंदै गर्ने गरेको पाइयो”, श्रीमती भानमोझीले भनिन्, “पछि बुझ्दै जाँदा त आफू बाहेक अन्य तीन जनासँग समेत विवाह गरिसकेको पत्ता लाग्यो, हामी यसअघि पनि उसको घर कुश्मिशेरामा आयौं, श्रीमानकाे बाबु आमाले उसलाई लुकाए, हामीलाई निकै दुःख दिएपछि पुनः भारत फर्केका थियौं ।”
उनले थप्दै भनिन्, 'अहिले एक वर्षदेखि उहाँ सम्पर्कमा हुनुहुन्न, दुई छोरी र श्रीमान्को साइली श्रीमतीकी छोरा समेत पाल्दै आएको छु, मेरो जिन्दगी त वर्वाद भयो, तर मेरो दुई छोरी र अर्की श्रीमतीको छोरालाई जन्मदर्ता र नागरिकता दिलाउनु छ, न्यायको लडाइँका लागि होटलमा काम गर्दै लडिरहेको छु।' श्रीमानले झुठाे बोल्दै विवाह गर्दै छोराछोरी पाउँदै हिँडेको उनले बताइन्। उनले छोरीलाई पाल्न निकै समस्या भएको भन्दै छोरीहरुको राम्रो पढाइ भए पनि अहिले होटलमा काम गरेर गुजारा चलाउँदै आएको बताइन् ।
छोरी ऐश्वर्य शर्माले बाबाकै कारण पढाइबाट वञ्चित भएको जानकरी दिइन् । “बाबाले मम्मीलाई निकै दुःख दिनुभयो, अहिले एक व्यक्तिका कारण हाम्रो परिवार नै तहसनहस भएको छ”, छोरी ऐश्वर्य भनिन्, “बाबाले आमा बाहेक अन्य तीन स्थानमा विवाह गरेको पत्ता लगाइयो, बागलुङमा हजुरबुबा पद्मनाथ शर्मालेसमेत हामीलाई यहाँ बस्न दिनुहुन्न, काम गरेर खानसमेत दिनुहुन्न, दिदी गङ्गालक्ष्मी शर्माले भारतमा ११ कक्षामा विज्ञान विषय लिएर अध्ययन गदागर्दै छोडेर अहिले बागलुङको एक होटलमा काम गर्नुहुन्छ, दिदीको डाक्टर बन्ने सपना थियो ।” रासस

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

वैदेशिक रोजगारीमा सिन्डिकेट अन्त्य भएको छ: महानिर्देशक

पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया