साताको अन्तिम कारोबारमा ३ अंकले बढ्यो सेयर बजार

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज परिसूचक साताको अन्तिम कारोबारको दिन बिहीबार सामान्य अंकले बढेको छ । साताको पहिलो कारोबारको दिन आइतबारदेखि चौथो दिन बुधबारसम्म लगातार घटेको बजार अन्तिम कारोबारको दिनमा ३ अंकले बढेको हो । बजार ३.३३ अंकले बढ्दा समग्र बजार मापक परिसूचक २७७९.९८ अंकमा पुगेर साताको बजार बन्द भएको छ ।
तीव्र उतारचढाव देखिएको बिहीबारको कारोबारमा सेयर बजार परिसूचक ३.३३ अंक अर्थात ०.१२ प्रतिशतले बढेको छ । आजको कारोबारमा ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ०.३८ अंक अर्थात ०.०७ प्रतिशतले बढेर ५१८.७२ अंकमा पुगेको छ ।
बजार बढेपनि कारोबार रकममा भने कमी आएको छ । आज नेप्सेमा २२४ कम्पनीको ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६ सय ८४ रूपैयाँ बराबरको ६६ लाख ७५ हजार २ सय ३१ कित्ता सेयर ५० हजार ९ सय ६५ पटक खरिद बिक्री भएको छ ।
बढ्दो बजारमा आज कारोबार भएका कम्पनीहरूमध्ये ९० कम्पनीका लगानीकर्ताको सम्पत्ति बढेको छ भने ८६ कम्पनीको सेयर मूल्य घटेको छ । बजार बढ्दा विन नेपाल लघुवित्त वित्तिय संस्था, बुद्धभूमि नेपाल हाइड्रो पावर, सीइडीबी हाइड्रो डेभलोमेन्ट कम्पनी, अजोड इन्सोरेन्स तथा एनआरएन इन्स्फास्टकचर डेभलोमेन्ट लिमिटेड सर्वाधिक कारोबार गर्ने पाँच कम्पनी रहेका छन् ।
बिहीबारको कारोबारमा समूहगत परिसूचकतर्फ बैंकिङ समूह ०.२४ प्रतिशत, व्यापार समूह ०.२४ प्रतिशत, होटेल तथा टुरिजम क्षेत्र ०.६९ प्रतिशत, जीवन बीमा समूह ०.०१ प्रतिशत, म्युचल फण्ड समूह ०.५८ प्रतिशत तथा विकाश बैंक समूह ०.४५ प्रतिशतले घटेका छन् ।
हाइड्रो पावर क्षेत्र ०.१६ प्रतिशत, फाइनान्स समूह ०.६१, माइक्रो फाइनान्स समूह ०.०१ प्रतिशत, निर्जीवन बीमा समूह १.०४ प्रतिशत, म्यानिफ्याकचरिङ तथा प्रोडक्शन समूह ०.३५, लगानी समूह ०.५४ प्रतिशत, तथा अन्य समूह ०.०८ प्रतिशतले बढ्दा समग्र परिसूचक सकारात्कतातर्फ देखिएको हो ।
आज गुमाउने पाँच कम्पनीमा सप्तकोशी विकास बैंक, युनाइटेड आइडीआई मार्दी आरबी हाइड्रो, नबिल इक्युटी फण्ड, सिद्दार्थ इन्भेष्टमेन्ट ग्रोथ तथा एनएमबि माइक्रो फाइनान्स रहेका छन् । आजको कारोबारमा विन नेपाल लघुवित्त वित्तिय संस्था र बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनीको सेयरले सर्किट लेभलमा कारोबार गरेको छ ।

‘विदेशमा दुःख गर्नुभन्दा रुद्राक्षका सामग्री बनाएर बिक्री गर्न सजिलो’

हात्ती सफारी व्यवस्थित गर्न माहुतेलाई प्रशिक्षण

भिजिट भिसामा युरोप,एशिया र अफ्रिकन मुलुक पठाउन रकम संकलन

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा कारोबार हुँदैछ?

नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने

अन्तर्राष्ट्रिय एभरेस्ट समिटियर्स समिट २०२५ हुँदै

अर्थ मन्त्रालय प्रवेशमा कडाई

प्रतिक्रिया