स्वस्तिमा र माओत्सेको अभिनय रहेको मलयालम फिल्म ‘थिरिमाली’ हलमा रिलिज

काठमाडौँ - नेपाली कलाकार स्वस्तिमा खड्का र माओत्से गुरुङको अभिनय रहेको मलयालम फिल्म ‘थिरिमाली’ आजबाट भारतमा रिलिज भएको छ । फिल्मको पोस्टर सेयर गर्दै अभिनेता माओत्से गुरुङले फिल्म सार्वजनिक भएको जानकारी गराएका छन् । उनले मलयालम भाषामा बनेको यो फिल्म केरलाका दर्शकले हेर्न सकिने जानकारी गराएका हुन् ।
यो फिल्ममा स्वस्तिमा खड्काको पनि अभिनय रहेको छ । केही दिनअघि उनको नृत्य रहेको गीत सार्वजनिक भएको थियो । तर नेपाललाई गलत तरिकाले चित्रण गर्ने गीतमा नाचेको भन्दै स्वस्तिमाको आलोचना भएको थियो ।
हिन्दी भाषाको सो गीतमा निर्माताले अभिनेत्री अदिती बुढाथोकी र जसिता गुरुङको फोटो दुरुपयोग गरेका थिए । विवादपछि भिडियोबाट निर्माताले दुवै अभिनेत्रीको फोटो हटाएका थिए । केरलाबाट नेपाल आउने तीन पात्रको कथामा आधारित फिल्मको सुटिङ काठमाडौँ, पोखरा र मुस्ताङमा पनि गरिएको थियो ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया