हावाबाटै विद्युतीय सिग्नल प्राप्त गर्ने प्रविधिको विकास गरेको ओपोको दाबी

काठमाडौँ - ओपोद्वारा जीरो-पावर कम्यूनिकेशन ह्वाइट पेपर सार्वजनिक गरेको छ । यसले निकट भविष्यमा आईओटी उपकरणहरूले आफ्ना लागि आवश्यक पर्ने उर्जा ब्ल्यूटूथ, वाइफाइ र सेलफोन सिग्नल्सका माध्यमबाट लिन सक्ने ओपोले दाबी गरेको छ । यसले गर्दा भविष्यमा उपकरणहरूको आकार सानो गर्न सकिने, अत्यधिक टिकाउपना र न्यून खर्च लगायत विशेषता थप्ने कम्पनीले जनाएको छ ।
ट्याग ब्याट्री प्रतिस्थापन वा रिचार्ज बिनै उपकरणको अवस्थिती थाहा पाउन विद्युतीय ट्यागको प्रयोग हुनेछ । त्यसैगरी, हरेक लोपोन्मुख प्रवासी चराहरूमा लामो दूरीका ट्रयाकिङ उपकरण जडान गरिनेछ । यसले गर्दा ब्याट्रीको संख्यामा उल्लेखनिय कमी आउने ओपोको दाबी छ। ओपोको 'जीरो पावर कम्युनिकेशन' ह्वाइट पेपरमा उदृत गरिएका भविष्यका दृष्यहरू हुन् । सजिलै हराउने उपकरणहरूमा जीरो-पावर कम्युनिकेशन ट्याग्स जडान गरी कहिल्यै ब्याट्री चार्ज नगरिकनै लामो दुरीमा समेत कहाँ छ भनेर जानकारी लिन सकिने ओपोले जनाएको छ ।
जीरो-पावर सञ्चार प्रविधिले वातावरणबाटै एम्बियन्ट रेडियो फ्रिक्वेन्सी उर्जा संकलन गर्दै ब्याट्रीको आवश्यकता नै नपर्ने अवस्थाको सिर्जना गर्ने ओपोको दाबी छ ।
मोबाइल दुरसञ्चार प्रविधि पहिलोदेखि चौथौँ पुस्ता सम्म आईपुग्दा दूरसञ्चार उद्योगले एनालगदेखि डिजिटल, डाटा र अहिले ब्रोडब्याण्ड गरी चार प्राविधिक छलांग लगाइ सकेको अवस्थामा डाटा प्रसारण दरमा तिव्र विकास भएको तर आउने दशकको फाइभजी प्रविधि वा दिर्घकालीन अवस्थामा जीरो–पावर सञ्चार प्रविधिले विद्युतिय उत्पादकहरूलाई आफ्ना उत्पादनबाट ब्याट्रीको प्रयोग समेत हट्ने ओपोको दाबी छ ।
_a6Z7zSqGwB_hmd3mh6t2ggihgo6fqy91tc0hkd8mxjswxhcfiekvvxpx3x07fprybau1y9a_eZRGaB5BlO_wmoaiqcbj1omimwsbenucvxbxhpnh9xfw23lphucq8khidnuxdaex1gi4wzy.jpg)
साढे २ अर्ब लगानीमा खुल्यो नेवारी आर्किटेक्चर र बिलासिताको मिश्रण 'आर्या होटल …

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पानको आग्रह

बेरूजु निरन्तर बढ्दो, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गरेर पारदर्शिता कायम गर्…

नीतिगत अन्योलले चार वर्षदेखि सुपारी निर्यात ठप्प

‘तरकारीमा विषादीको प्रयोग घटाऔँ’

प्रतिक्रिया