सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

धरानमा दीर्घरोगी ४५ वर्षीय पुरुष संक्रमितको मृत्यु

फाइल तस्बिर

काठमाडौँ- धरानमा कोभिड-१९ संक्रमणका कारण ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा धरान उपमहानगरपालिका ११ का बुधबार मृत्यु भएको हो ।

उनलाई १० कोभिड पुष्‍टि भएको र सोही दिन कोभिड उपचार केन्द्रमा भर्ना भएका थिए । प्रतिष्‍ठानका सह-प्रवक्ता डा. चुडामणी अधिकारीकाअनुसार उनलाई दीर्घ रोग थियो । मिर्गौलाको समस्या रहेकाले लामोसमयदेखि डायलासिस गराइरहेका थिए ।

प्रतिष्‍ठानमा कोभिड संक्रमणका कारण हालसम्म ४२९ जनाको मृत्यु भइसकेको छ ।