फेसबुकले बनायो मेटाभर्सको लागि सुपर कम्प्युटर

काठमाडौँ- फेसबुकले आफ्नो महत्वकांक्षी परियोजना मेटाभर्सको लागि सुपर कम्प्युटर तयार पारेको छ । फेसबुक प्रमुख मार्क जुकरवर्गले यसको पुष्टी गरेका हुन् । फेसबुकले मेटाभर्स परियोजनाको लागि आफ्नो ब्रान्ड नामसमेत परिवर्तन गरेर मेटा बनाएको थियो ।
मेटाभर्स वास्तवमा एक भर्चुअल संसार हो । मेटाभर्समा मानिसहरु भौतिक अर्थात् शारीरिक रुपमा उपलब्ध नभएर भर्चुअल रुपमा उपस्थित हुन्छन् ।
यहीँ मेटाभर्सको अवधारणालाई साकार रुप दिने प्रयासमा मेटा (फेसबुक) कम्पनीले संसारकै सबैभन्दा तिव्र गतिको आर्टिफिसियल इन्टेलिजेन्स सुपर कम्प्युटर तयार गरेको छ । मेटाको पहिलो एआइ कम्प्युटरको नाम एआइ रिसर्च सुपरक्लस्टर राखिएको छ ।
जुकरबर्गका अनुसार यो सुपर कम्प्युटर सेकेण्ड भरमा क्विन्ट परिमाणमा काम गर्न सक्षम छ । यो कम्प्युटरको सहयोगमा एकसाथ करोडौँ मानिसहरु रियल टाइममा विभिन्न फरक फरक भाषामा कुरा गर्न सक्ने जनकारी दिएका छन् ।

‘टेक एण्ड पे’ विद्युत खरिद सम्झौता (पीपीए) नीति हटाउने निर्णय भएसँगै आन्दोलन …

'नेपाल म्याङ्गो फेस्ट– २०२५' हुँदै

उदयपुरका आठ पालिकामा छ अर्ब ६२ करोड बजेट

११ महिनामा ९२ करोड राजस्व सङ्कलन

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कालीकोटका नौवटै पालिकाको बजेट करिब चार अर्ब

गभर्नर पौडेलको सम्पत्ति विवरणः सात कम्पनीमा शेयर लगानी

प्रतिक्रिया