विमानस्थलबाट चाँदीका गहनासहित दुई जना पक्राउ

भरतपुर : चितवनमा चाँदीका विभिन्न गरगहनासहित दुई जना पक्राउ परेका छन् । भरतपुर विमानस्थलबाट चाँदीका गरगहनासहित उनीहरूलाई मङ्गलबार पक्राउ गरिए पनि आज मात्रै प्रहरीले घटना सार्वजनिक गरेको हो । विमानस्थल सुरक्षामा खटिएको प्रहरी टोलीले कार्गोमार्फत काठमाडौँ पठाउने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउपर्नेमा पर्साको वीरञ्गज महानगरपालिका–१५ बस्ने वर्ष ३० का ओमप्रकाश साह सोनार र बारा नरही–६ घर भई हाल वीरगञ्ज–१६ बस्ने वर्ष ३२ का अजयकुमार सर्राफ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।
उनीहरूले कपडाको झोलामा उक्त चाँदीका गरगहना काठमाडौँ पठाउन लागेका थिए । एक्स–रे मेसिनमा झोला राखेर जाँच गर्दा मेटलका चिजबस्तु रहेको पाइएपछि सो सामानलाई जाँच गर्दा चाँदी जस्तो देखिने धातुबाट बनेका विभिन्न किसिमका गरगहना फेला परेको थियो ।
उक्त गहना २४ किलो ९६० ग्राम रहेको प्रहरीले जनाएको छ । यस्तै गरगहनासँग सम्बन्धित बिलसमेत शङ्कास्पद रहेका पाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान गर्न राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको प्रहरीले जनाएको छ । रासस

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

वैदेशिक रोजगारीमा सिन्डिकेट अन्त्य भएको छ: महानिर्देशक

पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया